९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

आफ्नै सरकारविरुद्ध आक्रोशित हुँदै अनेरास्ववियु


११ मंसिर २०७५, मंगलबार  

0
Shares

काठामाडौं। आज नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयले अपारदर्शी ढंगबाट नीजि शैक्षिक संस्थालाई दिएको सम्बन्धनको बिरोध गरेको छ।

मंगलवार राजधानीको भृकुटिमण्डपस्थित अनेरस्ववियुका गुड भएको आरआर क्याम्पसमा अनेरास्ववियुको केन्द्रिय कमिटिले संविधानले नै शिक्षालाई मौलिक हकका रुपमा उल्लेख गरिसकेको अवस्थामा त्रि.वि.ले व्यापारिक उदेश्यले प्रेरित भई ११६ शैक्षिक संस्थालाई सम्बन्धन दिएको खबरले आफुहरु आक्रोशित भएको जानकारी दिए।

कार्यक्रममा केन्द्रिय कमिटिका सचिव तथा प्रदेश नं ७ का संयोजक सुदेश पराजुली, प्रदेश नं २ का संयोजक आरती लामा, प्रदेश नं १ का संयोजक वसिम आलम, स्वतन्त्र विद्यार्थी युनियन आर.आर. क्याम्पसका अध्यक्ष तोपेन्द्र जंग शाही, अनेरास्ववियु केन्द्रिय कमिटिका सदस्य अशोक थापा लगायतको उपस्थिति रहेको थियो।

‘देशभरिका सम्पूर्ण प्रगतिशील जनवादी तथा देशभक्त विद्यार्थी एकुट होऔं’ भन्ने मुल नाराका साथ अनेरास्ववियुले आफ्नो स्थापना कालदेखिनै राष्ट्र, राष्ट्रियता, जनजिविका र शैक्षिक मुद्दाहरुलाई केन्द्रमा राखेर आफ्ना गतिबिधी गर्दै आएको घाम जस्तै छर्लंग भएको प्रदेश नं १ का संयोजक आलमले प्रष्ट्र पारे।

आलमले देशमा विषम परिस्थिती निर्माण हुँदा हरेक मोर्चामा अनेरास्ववियुले अगुवाई गर्दै आएको जानकारी गराउँदै आज फेरी प्राविधिक शिक्षामा देखाएको व्यापारिकरणका विरुद्ध आफुहरु कडारुपमा प्रस्तुत भएको जानकारी दिए।

त्रिविका आंगिक क्याम्पसहरुले बर्षौदेखि नयाँ बिषय माग्दै निवेदन दिदै आइरहेता पनि, आंगिक क्याम्पसहरुको निवेदन माथि कुनै सुनुवाई नगरि निजी संस्थालाई सम्बन्धन दिने निर्णयले समाजवादको उल्टो यात्रा आरम्भ भएको त होइन, भन्ने गम्भिर प्रश्न पनि खडा भएको आलमले बताए।

अनेरास्ववियुले इतिहासदेखि नै शिक्षालाई नि:शुल्क र अनिवार्य गरिनुपर्छ भन्ने आवाज उठाउदै आएको साथै प्रतिनिधी सभाको निर्वाचनमा पार्टीले नै घोषणा पत्रमा समेत शिक्षालाई नि:शुल्क र सार्वजानिकरण गर्दै लगिने उल्लेख भएको कारण पनि शिक्षालाई व्यापारिकरण गर्ने उदेश्यले दिइएको सम्बन्धन तत्काल खारेजिको माग प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलबार  ८ : ३१ बजे