गायक आस्मान लोप्चनको नयाँ सेलो ‘लेखमा जाँदा’ बोलको म्युजिक भिडियो सार्वजानिक भएको छ।
गायक लोप्चनले ‘गायक क्लिक नेपाल’ युट्युब च्यानल मार्फत उक्त म्युजिक भिडियो सार्वजानिक गारेका हुन्।
सेलो गीतमा आफ्नो छुट्टै पहिचान बनाइसकेका सिन्धुपाल्चोको सेलो गायक लोप्चन यतिबेला नयाँ गीत संगीत ल्याउनमा व्यस्त छन।
ल्होछार नजीकिदै गर्दा सेलो भाकाको ‘लेकमा जाँदा’ बोलको म्युजिक भिडियो बजार तताउने खालको डान्सिङ गीत रहेको लोप्चनले बताएका छन्।
शब्द, संगीत एवं स्वरसमेत लोप्चन कै रहेको छ। गीतको भिडियोमा दुई युवक लेकमा घुम्न जाँदा एउटी तामाङनीलाई देखेपछी दुई साथिहरुले तामाङनी संग बिताएका पलहरुलाई प्रश्तुत गरिएको छ।
गायक आस्मान लोप्चन र सन्चारकर्मी प्रितम तामाङले दुई युवकको भूमिका निर्वाह गरेका छन्, भने वीपरितमा ममता मोक्तानले दुई युवक संग रोमाञ्स गरेकी छिन्।
लोप्चन र प्रितम तामाङको यो तेस्रो सहकार्य हो। प्रितम र आस्मान यो सांगितिक क्षेत्रमा एक अर्कालाई भाग्यमानि ठान्दछन र भाग्यमानि साबित भईरहेको पनि देखिन्छ। यो भन्दा अगाडिका सबै भिडियोहरु दर्शकले अत्यन्तै रुचाएका पनि थिए।
‘छुकछुके रैछ’, ‘बल्लपो तामाङको हुल उठेउ’ हुँदै ‘लेखमा जाँदा’ उनिहरुको सहकार्यमा निर्माण भएको तेस्रो म्युजिक भिडियो बजारमा आएको हो।
लोप्चनले ‘आस्याङकी छोरी क्या राम्री’, ‘हिमाल पारीको गाउँमा’, ‘नक्कलि गोरी ठिटीलाई’, ‘बल्लपो तामाङ हुल उठेउ’ र ‘लेखमा जाँदा’ बोलको म्युजिक भिडियो सार्वजानिक गर्दै हालसम्म पाँच वटा गीत बजारमा ल्याउन सफल भएका छन्।
लोप्चनको सबै म्युजिक भिडियोको निर्दशन भने बुद्ध लामाले नै गर्दै आएका छन।
भिडियो पनि हेर्नुस