२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025

आज न्युयोर्कको बाटोको नाम ‘माउन्ट एभरेष्ट वे’ नामकरण कार्यक्रममा कुलमान घिसिङ उपस्थिति हुने ।


Ang

२५ फाल्गुन २०७५, शनिबार  

0
Shares

अमेरिकामा नेपाली समुदायको सम्मानमा आज न्युर्योक सिटिले न्युयोर्कको बाटोको नाम ‘माउन्ट एभरेष्ट वे’ को औपाचरिक रुपमा नामकरण गर्ने भएको छ । न्यूयोर्कको ज्याक्सनहाइटस्थित 75 street र 31 Ave लाई नेपालको परिचयसंग जोडेर ‘माउण्ट एभरेष्ट वे’ घोषणा कार्यक्रम नेपाल सरकारको बाणिज्य दुताबास तथा नेपाली समुदायको आयोजनामा हुने भएको छ । न्युयोर्कमा बाटोको नाम नेपाली समुदायको सम्मानको लागी न्युयोर्क सिटि काउन्सील मेम्बर कोष्टा कोष्टानटिनिडिसको पहलमा भएको हो ।

नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि यो नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्धेस्य सहित नेपाल कन्सुलेट र नेपाली समुदायहरुको संयुक्त सहाभागीता रहोस भन्ने उद्धेस्यले आयोजना भएको यो ऐतिहासिक कार्यक्रममा सहाभागी भइदिन हुन सवैलाई हार्दिक अनुरोध गर्दछु’ नेपाली कन्सुलेटका महाबाणिज्यदुत पुष्पराज भट्टराईले विज्ञाप्ती मार्फत सवैलाई आग्रह गरेका छन ।

यो कार्यक्रम सम्पन्न गर्नका लागी एनआरएन न्युयोर्क च्याप्टरको अध्यक्ष रामहरि अधिकारीको संयोजकत्वमा मुल समारोह समिति गठन गरिसकेको छ । कार्यक्रमको पुर्ण तयारी गरिसकेको संयोजक अधिकारीले बताए ।  न्यूयोर्क सिटी अर्थात अमेरिकी सरकारको कार्यक्रम भएकाले कार्यक्रमको पूर्ण निगरानी न्यूयोर्क कुईन्सस्थित प्रहरी कार्यलय, पि्रसेन्ट ११५ ले गर्ने भएको फेसबुक मार्फत जानकारी दिएको छ । स्थानीय सुरक्षा निकाय प्रहरी कार्यलय, पि्रसेन्ट ११५ ले कार्यक्रम अवधीभर न्यूयोर्क सिटी काउन्सिल कार्यालय र ‘माउण्ट एभरेष्ट वे ‘ घोषणा गर्ने कार्यक्रमलाई असर पुग्ने कुनै पनि कृयाकलाप नगर्न आग्रह गर्दै पत्राचार गरेको समेत अधिकारीले जानकारी गरेको छ ।

न्युर्योकमा हुन लागेको यो ऐतिहासिक कार्यक्रममा नेपालमा लोडसेडिङ हटाउन सफल व्यक्तित्व एवं नेपाल विधुत प्रधिकारणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि नेपाल सरकारले विशेष आग्रह गरि अतिथिको रुपमा निम्ताएको छ । कार्यक्रममा उहालाई पनि नागरिक अभिनन्दन गरिने भएको छ । कार्यक्रममा नेपाली खाना परिकारका साथै विभिन्न जातीय समुदायहरुको झाकी र नृत्यहरु प्रस्तुत गरिने तयारी पुरा भएको सस्कृतिक समितिका संयोजक राजकुमार विष्टले बताए । प्रवासमा नेपाल चिनाउने यो ऐतिहासिक कार्यक्रममा उपस्थित हुन न्युयोर्क सिटि काउन्सील अन्र्तगत काउन्सीलमेम्बर कोष्ट कोष्टानटिनिडिसको कार्यालय र नेपाल सरकारले सबैलाई उपस्थित हुन विशेष आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ७ : ३३ बजे