२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

मिस नेपाल २०१९ को ताज काठमाडौंकी अनुश्का श्रेष्ठलाई


२६ बैशाख २०७६, बिहिबार  

0
Shares

काठमाडौं: काठमाडौंकी २३ वर्षीया अनुश्का श्रेष्ठ मिस नेपाल २०१९ को विजेता भएकी छिन्। २४ प्रतियोगीलाई पछि पार्दै प्रतियोगी नम्बर–६ की श्रेष्ड मिस नेपाल वल्डको उपाधि पाउन सफल भएकी हुन् ।

५ फिट ५ इन्च अग्ली अनुश्काले व्यवस्थापनमा स्नातक उत्तीर्ण गरेकी छिन् । विगत पाँच वर्षदेखि अस्ट्रेलियाको सिड्नीमा रहेर फाइनान्सियल सर्भिसमा कार्यरत अनुश्कालाईलाई मिस नेपाल २०१८ की विजेता शृंखला खतिवडाले ताज पहिरिदिइन्।

मिस नेपाल सुपरनेसनल रोज लामा
मिस नेपाल इन्टरनेसनल मीरा कक्षपति
मिस नेपाल अर्थ रिया बस्नेत
मिस नेपाल युनिभर्स प्रदीप्त अधिकारी
मिस नेपाल वल्ड अनुष्का श्रेष्ठ

मिस ग्ल्यामर मिस फोटोजेनिक रोज लामा
बेस्ट एथलेट मिस ट्यालेन्ट प्रदीप्त अधिकारी
मिस कन्फिडेन्ट निशा पाठक
मिस पपुलर रिया बस्नेत
मिस फसिनो मिस इन्टेलेक्चुएल अनुस्का श्रेष्ठ
ब्युटी विथ द पर्पोज नितिका कर्मचार्य

मिस फ्रेन्डसिप न्यान्सी बोगटी
मिस ब्युटीफुल हेयर मीरा कक्षपति
बेस्ट नेचुरल स्किन जेनी महर्जन

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहिबार  १० : ४९ बजे