काठमाडौं । पदयात्रा व्यवसायीहरुको साझा संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा कांग्रेसनिकट उम्मेदवार खुमबहादुर सुवेदी निर्वाचित भएका छन् । सुवेदीले नेकपानिकट उम्मेदवार अञ्जन थापा (कुमार) लाई ८३ मतले पराजित गरेर आफ्नो जित सुनिश्चित गरेका थिए ।
सुवेदीले ५ सय २१ मत ल्याउँदा थापाले ४ सय ३८ मत पाएका थिए । महासचिवमा नेकपानिकट सरिता लामा निर्वाचित भइन् । कांग्रेसनिकट कर्मा शेपालाई १३ मतले पराजित गर्दै उनी निर्वाचित भएकी हुन् । टानको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनीहरु सबै सुवेदी समूहका हुन् । सचिवमा थाहा समूहका दामोदर ढकाल निर्वाचित भएका छन् ।
कुन पदमा को ?
अध्यक्ष :- खुमबहादुर सुवेदी
बरिष्ट उपाध्यक्ष :- नबिन धिताल
प्रथम उपाध्यक्ष :- चोलेन्द्र बहादुर कार्की
द्वितीय उपाध्यक्ष :- भरत सापकोटा
महासचिव :- सरिता लामा
सचिब :- दामोदर ढकाल
कोषाध्यक्ष :- ऋतु ग्यामदान (तामाङ)
सह-कोषाध्यक्ष :- सुर्य कुमार श्रेष्ठ
महिला सदस्य :- ङिमा दिकी शेर्पा
सदस्य :- सोनाम ग्याल्जेन शेर्पा
सदस्य :- सिक्बिर घले
सदस्य :- कान्छा शेर्पा
सदस्य :- सनम शेर्पा
सदस्य :- प्रेम बहादुर लामा
सदस्य :- ठाकुर प्रसाद सापकोटा
सदस्य :- मिङमा तेञ्जिङ शेर्पा
सदस्य :- रामबहादुर गुरुङ