अमेरिकामा बस्दै आएकी ९ बषिर्या लोकश्री आचार्यले भर्खरै नेपाली गीत रेकर्ड गरेकीछिन । उनले गाएको माया किन लाग्छ बरै वोलको गीत हिजो मंगलबार युटुबबाट सार्वजानिक गरिएको छ । नेपालमा जन्मेर २ बर्षको उमेरमा अमेरिका पुगेकी उनी आफना मातापीता र भाईको साथमा टेक्सासस्थित लबक शहरमा बसिरहेकी छिन । लवकस्थित लेगेसी इलिमेन्टी स्कुलमा ग्रेड ४ मा अध्ययनरत लोकश्री परिवारकासाथ छुट्टी मनाउन गत जुलाई १५ मा नेपाल पुगेकी थिइन । लोकश्री पत्रकार भोला आचार्य र राधिका अधिकारीको एक मात्र छोरि हुन ।
नेपाल छादा उनले उक्त गीत रेकर्ड गराउने मौका पाएकी थिईन । आफना मातापीताको पहलमा उनले यो साईत जुरेको उनले वताइन । दिनदुखीप्रति मायाभाव दर्साउने उक्त गीतलाई अहिलेका चर्चित संगितकर्मी दिपक शर्माले रचना एवं संगीत गरेका हुन् भने नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् । धर्मराज आचार्यको छायााकन रहेको उक्त गीतको भीडियोलाई राम श्रेष्ठले सम्पादन गरेका छन् । ए वन म्युजिसियनमा रेकर्ड गरिएको उक्त गीतको सवटाईटल भद्र शर्माले गरेका हुन् । गीत गाउन र नृत्य गर्न रुचाउने लोकश्रीले अमेरिकामा रहेको नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरुमा पनि आफनो प्रस्तुती देखाउदै आएकीछिन ।
अंग्रजी गीतहरु राम्रोसाग गाउने कला भएकी उनले आकर्षक नृत्यसमेत गर्ने गरेकीछिन । भविश्यमा संगीतकर्ममा लाग्ने रुची रहेको वताउने उनले पियानो, भायोलिन लगायतका कक्षाहरु पनि लिईरहेकीछिन । परिवारबाट हौसला पाईरहेको वताउने उनले यो गीत रेकर्ड गर्नुको श्रेय आफना मातापीतालाई दिन चाहन्छिन । दयालु पृष्ठभूमी भएकी लोकश्रीले आफनो जन्मदिवसको अवसरमा असहाय वालवालिकाहरूको सहयोगमा जुटिरहेको रक्षा नेपालमा आफनो जन्मदिन मनाउदै एक लाख रूपिया समेत सस्थालाई सहयोग गरेकी थिईन ।