१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

काबुल विस्फोटमा मृत्यु हुनेको संख्या १२ पुग्यो, ४ विदेशीसहित २० घाइते



काबुल– अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान भएको एक विस्फोटमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

आक्रमणमा मारिनेहरुमा तीन बालबालिका रहेका जनाइएको छ । स्थानीय समयानुसार बुधबार बिहान ७ बजेर २५ मा विस्फोट भएको थियो ।

विस्फोटमा चार विदेशीसहित २० जना सख्त घाइते भएको गृह मन्त्रालयका प्रवक्ता नसरात राहिमीले ट्वीटरमार्फत जानकारी दिएका छन् । शक्तिशाली विस्फोट भएको नजिकै रहेका भवन, केही पसल र सवारी साधनमा समेत क्षति पुगेको जनाइएको छ ।

गृह मन्त्रालयको पछाडि रहेको एक सडकमा दौडिरहेका सशस्त्र फौजको जीप लक्षित आत्मघाती कारबम आक्रमण भएको प्रत्यक्षदर्शीले बताएका छन् । बम विस्फोट गरिएको इलाकालाई सुरक्षाफौजले घेरा हालेर खोजतलास गरिरहेएको छ । आक्रमणको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहिबार  १ : ३३ बजे