१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

सभामुख चयन आज, सापकोटा निश्चित



काठमाडौँ — संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आइतबार ३ बजे संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाका सभामुखको पदका लागि निर्वाचन हुनेछ।

सभामुखका लागि नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटाको मात्रै उमेदवारी परेकोले उनी सभामुख निर्वाचित हुने पक्का छ।

कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत महिलामाथि बलात्कार प्रयासको आरोप लागेपछि सभामुखबाट असोजमा राजीनामा गरेका थिए।

गत सोमबार उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि राजीनामा गरेपछि नेकपाले सभामुखमा उम्मेदवारी दिएको हो।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ३ : ०१ बजे