५ असार २०८२, बिहिबार | Thu Jun 19 2025

एनआरएनए आइसीसी अध्यक्ष पन्त भन्छन्, ‘नागरिकता पाउने सुनिश्चित’



लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष कुमार पन्तले एनआरएनएले तीन पुस्ताका लागि राजनीतिक अधिकारबाहेकका लागि नागरिकता पाउने सुनिश्चितता भइसकेको बताएका छन् ।

एनआरएनए यूकेको १५ औं स्थापना दिवसको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष पन्तले सो धारणा राखेका हुन् । उनले नेपालको अर्थतन्त्रमा सहयोग गर्ने खाडीका नेपालीहरुप्रति धेरै काम गर्न नसकेको बताए ।

अध्यक्ष पन्तले संयुक्त लगानी, स्मार्ट एनआरएनएमार्फत धेरै पैसा बोकेर अध्यक्ष, उपाध्यक्ष र महासचिव हुने परम्परालाई अन्त्य गर्ने दाबी गरे । ‘काठमाडौं जाँदा टिकट काट्नु पर्ने र उल्टो पैसा दिनु पर्ने अवस्थाको अन्त्य गर्छु,’ अध्यक्ष पन्तले भने, ‘घरबाटै भोट हाल्ने व्यवस्था गर्दै एनआसीसी र आईसिसिलाई आर्थिक पारदर्शीता अपाउने व्यवस्था गर्छु ।’ पन्तले एनआरएनएलाई विशुद्ध सामाजिक संस्थाका रुपमा विकास गर्न लागेको बताए ।

एनआरएनए यूके आर्थिक घोटाला छानबिन नगरी समुदायसँग आर्थिक संकलन गरी कार्यक्रम गरिएको भन्दै अध्यक्ष पन्तलाई केही व्यक्तिले कालो झन्डा देखाएका थिए । अध्यक्ष पन्तले बेलायतमा आफुलाई कालो झण्डा देखाइएको प्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ७ : १० बजे