१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

पत्रकार वीरेन्द्र साह हत्याका मुख्य आरोपी फौजदार १२ वर्षपछि पक्राउ



कलैया– पत्रकार वीरेन्द्र साहको हत्या भएको १२ वर्षपछि हत्याका एक अभियुक्तलाई बारा प्रहरीले शनिबार राति पक्राउ गरेको छ । पक्राउपर्नेमा कुन्दन फौजदार भनिने नरेन्द्र फौजदारलाई बारागढी गाउँपालिका–६ गडहलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले बताए ।

विसं २०६४ असोज १८ मा कलैयाबाट पिपरा बजार जाने क्रममा अपहरणपछि हत्या गरी शवलाई गाडेको अवस्थामा ३५ दिनपछि टङ्गीया बस्तीको जंगलमा शव सडेको अवस्थामा कुकुरको सहयोगमा प्रहरीले बरामद गरेको थियो । हत्यामा संलग्न हरेराम पटेल, लालबहादुर चौधरी, रामएवाल सहनी र मैनेजर गिरी रहेका छन् ।

गिरी भने जेल जीवन भोगी जेलमुक्त भइसकेका छन् भने अन्य तीन जना अहिलेसम्म फरार रहेका छन् । तिनीहरुको पनि खोजी भइरहेको प्रहरी प्रवक्ता गौतम मिश्रले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  २ : २० बजे