३ असार २०८२, मंगलबार | Tue Jun 17 2025

विश्वभर कोरोना संक्रमित दुई लाख नाघे



काठमाडाैं–  कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बुधबार नै २ लाख नाघेको छ । चीनबाट फैलिएको संक्रमण विश्वका १ सय ७० देशमा पुगेको छ भने मृतक संख्या ८ हजार ९ सय ६७ पुगेको ।

बिहीबार बिहानसम्म संक्रमितको स‌ंख्या २ लाख १९ हजार भन्दा बढी रहेको छ । संक्रमितमध्ये ८५ हजार भन्दा बढी निको भएर घर फर्किएका छन् भने एक लाखभन्दा बढी उपचाररत छन् ।

 

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  १० : ४२ बजे