५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

बौद्ध धर्मगुरुहरुद्वारा स्वस्थ्य लाभ र दीर्घायुको कामनासँगै मृतकको नाममा प्रार्थना


Ang

२६ चैत्र २०७६, बुधबार  

0
Shares

न्युयाेर्रक ।  अमेरिका लगायत विश्वभरि फैलिरहेको कोरोना महामारीको कारण उपाचार गरिरहेका विरामीहरुको स्वस्थ्य लाभ, दीर्घायु र मृत्यु हुनेहरुको आत्मा शान्तिको लागी न्युयोर्कस्थित शेर्पा समुदायका धर्म गुरुहरुले धार्मिक पुजापाठ प्रार्थना गदै आइरहेका छन ।

उनीहरुले विहानीपख र वेलुकी गरि दिनहु मन्त्रपाठ गदै आइरहेका छन । न्युयोर्कको शेर्पा समाजमा निकै चर्चित धर्म गुरुहरु डा युला शेर्पा, आवतारी लामा टुल्कु र रिग्सुङ लोप्टाका प्रमुख प्रशिक्षक लोपेन गिर्मि छोढक यो महामारिमा सबैको स्वस्थ्य लाभ, दीर्घायुको लागि पूजापाठ र प्रर्थना गदै आइरहेका छन । धर्म गुरुहरुले सबैको हितमा पुजा प्रर्थना गर्न थालेको एक हप्ता बढि भइसकेको छ ।

‘यो महामारीमा स्वस्थ्य उपचार गरिरहेकाहरुको स्वस्थ्य लाभ र दीर्घायुको कामनासँगै उपाचार क्रममा मृत्यु हुनेहरुको आत्मा शान्तिको लागी दिनमा ३ पटक सम्म प्रर्थना गरिरहेका छौ’ आवतारी लामा टुल्कुले भने-‘ यो वेला हामीले सबैको हितमा छेसुङ, आर्यतारा र मेडिसिन बुद्धको प्रर्थना गरिरहेका छौ’ । त्यस्तै धर्म गुरु एवं गुम्बा व्यवस्था समितिका पुर्व अध्यक्ष डा युला शेर्पा पनि यो महामारीमा रोगसँग लडिरहेका विरामीहरुको स्वस्थ्य लाभसंगै उपाचारको क्रममा मृत्यु हुनेहरुको आत्मा शान्तिको लागी धार्मिक पाठ र प्रर्थना गदै आइरहेका छन । धर्म गुरु लामा टुल्कु र डा युलाले गदै आएको पाठ र प्रर्थना आफनो फेसबुकबाट लाइभ गदै आइरहेका छन ।


त्यस्तै शेर्पा किदुगका धार्मिक पाठशाला शेर्पा रिग्सुङ लोप्टाका प्रमुख प्रशिक्षक लोपेन गिर्मि छोढक पनि कोरोना महामारीको कारण उपाचार गरिरहेका र उपाचारको क्रममा मृत्यु हुनेहरुको लागी विहान वेलुकी प्रर्थनासंगै हरेक दिन धार्मिक प्रवचन दिदै आइरहेका छन । लोपेन गिर्मि छोढकले हरेक दिन शनिबार र आइतबार रिग्सुङ लोप्टामा यस अघि दिदै आएको प्रवचन सवै घरमै बसेको वेला हरेक दिन दुई घण्टा दिदै आइरहेका छन । उनले गत सुक्रबारदेखिन बोधिचित्तको प्रवचन दिदै आइरहेका छन ।  ‘ यो महामारीमा विहान वेलुकी पाठपुजासंगै हरेक दिन दुई घण्टा प्रवचन दिन थालेका छौ’ लोपेन गिर्मि छोढकले भने-‘ अहिले सबै काममा नगएर घरमै बसीरहेको वेला सवैको चाहाना अनुरुप दिनहु प्रवचन दिन थालेका हो’ । रिग्सुङ लोप्टाको फेसबुकबाट दिदै आइरहेका उनको प्रवचन अमेरिका, नेपाल लगायत विभिन्न देशमा रहेका व्यक्तिहरुले सुन्दै र हेदै आइरहेका छन । हरेक दिन २ सय भन्द बढिले हेदै र सुन्दै आएको उनको प्रवचन लकडाउन नखोलेसम्म हुने भएको छ ।

त्यस्तै नेपालका त्रियाना धर्म सेन्टरका प्रमुख एवं धर्म गुरु खेन्पो वगिन्द्र शिलाले पनि कोरोना महामारीको कारण उपाचार गरिरहेका विरामीेहरुको स्वस्थ्य लाभ, दिर्घायुसंगै उपाचार क्रममा मृत्यु हुनेहरुको आत्मा शान्तिको लागी पुजा पाठसंगै प्रवचन दिदै आइरहेका छन । खेन्पो वागिन्द्रले बौद्धधर्मको महत्वपुर्ण ग्रन्थ धरणीसंग्रह ‘दोमाङ’को बारेमा नेपालको विहान र अमेरिकाको मध्यरात हुदा फेसबुक लाइभ मार्फत ज्ञान बाडीरहेका छन । धरणीसंग्रह ‘दोमाङ’ खेन्पो वागिन्द्र र उनका सहयोगीहरुले केही वर्ष अघि नेपालमा अनुवाद गरिएको थियो । अहिलेको यो महामारी बेला नेपाली भाषामा अनुवादित दोमाङ पाठ गर्नेहरुको संख्या पनि बडिरहेका छन ।

 

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  २ : ३४ बजे