विश्वकीर्तिमान आरोही स्व आङरिता शेर्पालाई राष्ट्रिय विभुती घोषणाको माग

२०७७ आश्विन ७, बुधबार ०४:०८

अमेरिकामा रहेको सगरमाथा आरोहीहरुले विश्व कीर्तिमानी आरोही स्व आङरिता शेर्पाको निधनमा दुख व्यक्त गदै उहाको योगदानको कदर स्वरुप सरकारले राष्ट्रिय विभुती घोषणा गर्न माग गरेको छ । आरोही स्व आङरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथामा १० औ पटक विना अक्सिनजन ( कृत्रिम अक्सिजन ) प्रयोग नगरि सफल आरोहणको विश्वकीर्तिमान कायम गरि नेपाल र नेपाल र नेपालीको प्रतिष्ठा उच्चो बनाएका थिए ।

 

आरोहीहरुले स्व आङरिताको तस्विर खादा लगाएर उहाको आत्मा शान्तिको लागी शेर्पा किदुगको गुम्बामा भेला भएर बत्ति बालेर पुजा गरेका थिए । पुजा र दिपप्रज्वलन कार्यक्रम अमेरिकामा रहेका आरोहीहरुको सस्था युएस नेपाल क्लाइबर्स एसोसियसनले गरेका थिए । कार्यक्रममा सगरमाथा आरोहीहरु किपा शेर्पा,शेरब जाङबु शेर्पा, आङ छिरिङ शेर्पा, निमा शेर्पा, आङ गेल्जेन शेर्पा, काजी शेर्पा, ङवाङ निमा शेर्पा, जिम्बा शेर्पा, ल्हाक्पा नुरु शेर्पा र कर्ण तामाङले स्व आङ रिता शेर्पाको तस्विरमा खादा ओढाएर बत्ति बाली श्रद्धान्जलि अर्पण गरेका थिए भने किदुगका लामा पासाङले विश्वकीर्तिमानी आरोही शेर्पाको नाममा पुजा गरेका थिए ।

कार्यक्रममा उपस्थित आरोहीहरुले स्व आङरिता शेर्पाले विश्व माझ नेपाल गौरव बडाएकोले नेपाल सरकारले सम्मान स्वरुप राष्ट्रिय विभुती घोषणा गर्नु पर्ने, राजमार्गको नाम र पार्कको नामकरण समेत उहाको नाममा गर्नु पर्ने मागहरु गरेका थिए । उक्त अवसरमा शेर्पा किदुगका अध्यक्ष्ँ उर्गेन शेर्पा र केही युरोपियन मुलकका अतिथिहरुको समेत उपस्थिति रहेको थियो । छोटो सुचनाको आधारमा श्रद्धाञ्जली कार्यक्रममा उपस्थित भएकोमा सवैलाई एसोसियसनका अध्यक्ष पासाङ निमा शेर्पा र महासचिव मिङमार लामाले धन्यवाद दिएका थिए ।

सम्बन्धित समाचार