२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

नेपाललाई विश्वमाझ चिनाउने तेङबोचे रिम्पोचेको निधन


Ang

२४ आश्विन २०७७, शनिबार  

8
Shares

 

नेपाल र बौद्ध धर्मलाई विश्वव्यापी रुपमा प्रर्वद्धन गदै आउनु भएका तेङबोचे गुम्बाका प्रमुख धर्मगुरु ङवाङ तेञ्जिङ साङपो रिम्पोचेको निधन भएको छ । रिम्पोचे खुम्बु क्षेत्रको पूर्वाधार, पर्यटन, सामाजिक, आर्थिक र वातावरण संरक्षणको साथै प्राणी जगतको रक्षक तथा शान्तिका नायकको रुपमा परिचित हुनुहुन्छ ।

नेपाल र नेपालीको हितमा लामो समयदेखिन महत्वपुर्ण योगदान पुर्‍याउदै आउनु भएका धर्म गुरुको निधनले नेपाल र नेपालीलाई ठुलो क्षति भोग्नु परेको बौद्ध समुदायले जनाएको छ । बौद्ध धर्मको ङीङमा सम्प्रदायको प्रमुख धर्म गुरु ठुल्सिक रिम्पोचे र दिल्गु खेन्सी रिम्पोचेको घनिष्ठ तथा विश्वासपत्र रिम्पोचे स्थानिय विकास मन्त्रालय अन्र्तगत गुम्बा व्यवस्था समितिका पुर्व अध्यक्ष, हिमालय हेरिटेज फाउण्डेसनका अध्यक्ष, सगरमाथा प्रदुर्षण नियन्त्रण समिति नाम्चेका संरक्षक, लुम्बिनी विकास कोषका पुर्व सदस्य हुनु हुन्छ ।

रिम्पोचेले मुलुकको लागी लामो समयदेखिन पुर्‍याउदै आउनु भएको योगदानको कदरस्वरुप तत्कालिन सरकारबाट गोर्खा दक्षिण बहु चौथो, त्रिसक्ती पट्ट र विश्व वन्य जन्तु कोष ( डब्लु डब्लु एफ) को अन्तराष्ट्रिय पुरस्कार पाउनु भएको थियो । रिम्पोचेले २०५७ सालमा खोटाङ हलेसीमा विश्वशान्ति पुजा आयोजना गरि धार्मिक र सामाजिक तवरबाट मुलुकको लागी महत्वपुर्ण योगदान पुर्‍याउनु भएको थियो । सगरमाथाको प्रवेशद्धारमा रहेको तेङबोचे गुम्बा मार्फत रिम्पोचेले सगरमाथा आरोहणमा जाने हरेक आरोहीहरुलाई आर्शीवाद दिनुको साथै हरेक वर्ष गुम्बामा हुदै आएको मणिरिम्दु कार्यक्रम मार्फत नेपालको कला सस्कृतिलाई विश्व माझ चिनाउन महत्वपुर्ण भुमिका निभाउदै आउनु भएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ९ : ४७ बजे