५ असार २०८२, बिहिबार | Thu Jun 19 2025

कोरोनाको बेला बिदा मनाउन हिँडेका ‘डच’ राजा रानीको विरोध



न्युयोर्क (एजेन्सी) कोरोनाभाइरस महामारीका बेला बिदा मनाउन विदेश हिँडेकाडचराजपरिवारका सदस्यहरूप्रति लक्षित भई तीब्रविरोध भएपछि भोलिपल्ट नै स्वदेश फर्केका छन्

नेदरल्याण्डमा कोभिड१९ फैलिन नदिन सर्वसाधारणलाई घरमै बस्न अनुरोध गरिरहेका समय सरकारी विमानमा ग्रीसतिर बिदा मनाउनगएको भन्दै राजपरिवारको तीव्र आलोचना भएको थियो

राजा विलेम रानी म्याक्सिमा शुक्रवार ग्रीसतिर गएका थिए तर विरोधपछि उनीहरु शनिवार साँझ नै स्वदेश फर्किएका छन्

विदामा ग्रीस जान हिडेको भएपनि आफूहरूले कुनै नियमको उल्लङ्घन नगरेको तर तीव्र आलोचनाबाट आफूहरू प्रभावित भएको राजाविलेम रानी म्याक्सिले बताएका छन्

प्रधानमन्त्री मार्क रुटले राजा रानीलाई बिदामा जान सुझाब दिएको हुनसक्ने चर्चाहरूबीच यस विवादले उहाँसमेत दबाबमा परेकोस्थानीय सञ्चारमाध्यमले जनाएका छन्

दरबारको विज्ञप्तिमा भनिएको , “कोभिड१९ भाइरस नियन्त्रणमा लिन निर्धारित निर्देशिका पालना हुनुपर्छ भन्नेबारे कुनै शङ्का छैन।हाम्रो बिदा मनाउने विषयमाथि भइरहेको बहसले त्यसलाई सहयोग पुर्याउँदैन

विलेम एलेग्जेन्डर सन् २०१३ मा राजा बन्नेका थिए

नेदरल्यान्डको दैनिक राज्य सञ्चालन प्रक्रियामा डच राजपरिवारको कुनै औपचारिक भूमिका रहन्न तर प्रधानमन्त्रीले नेतृत्व गरेकोमन्त्रालय राजपरिवार के भन्छ के गर्छ भन्नेबारे जिम्मेवार रहन्छ

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ८ : ५८ बजे