६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

प्रधानमन्त्रि ओलिको असंबैधानिक कदमको अमेरिकामा विरोध


Ang

१३ पुस २०७७, सोमबार  

0
Shares

प्रधानमन्त्रि केपि ओलिले नेपालमा असंबैधानिक र अलौकतान्त्रिक ढंगले गरिएकेा संघिय प्रतिनिधिसभा विघटनको न्युयोर्कबासी नेपाली संघसस्थाको प्रतिनिधिहरुले विरोध सभाको आयोजना गरियो । न्युयोर्कको ज्याक्सनहाइटस्थित डाइभर्सिटि प्लाजामा आयोजित विरोध सभामा सहाभागीहरुले हातमा प्लेकार्ड देखाएर प्रधानमन्त्रि ओलि र राष्ट्रपति विद्या भण्डारीको चर्को विरोध गरेका थिए । कार्यक्रम नेपाली समाज अमेरिका, प्रवासी नेपाली मञ्च र आदीवासी जनजाती महासंघ अमेरिकाले संयुक्त रुपमा आयोजना गरेका थिए ।

कार्यक्रममा नेपाली समाज अमेरिका अध्यक्ष समीर मर्हजन, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष टेक गुरुङ, नेपाल आदीबासी जनजाती महासंघका पुर्व उपाध्याक्ष दण्डु ढोप्के, आदीवासी जनजाती महासंघ अमेरिकाका महासचिव नरेन्द्र थापामगर, प्रवासी नेपाली मञ्चका अन्तराष्ट्रिय संयोजक राधाकृष्ण देउजा, पुर्व डिआइजी पार्वती थापामगर लगायतका बक्ताहरुले प्रधानमन्त्रि ओलि र राष्ट्रपति विद्या भण्डारीले असंबैधानिक र अलौकतान्त्रिक ढंगले गरेको सांसद विघटनले गणतन्त्र विरोधी कार्य गरेको मन्तव्य दिएका थिए । कार्यक्रम मन्चका महासचिव शंकर पन्तले सञ्चालन गरेका थिए ।

 

 

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १० : ४२ बजे