नेपाल आदिवासी जनजाति महासंघ अमेरिका ( फिप्ना)को संघिय परिषदको बैठकले नेपाली अमेरीकनहरूको पहिचानलाई स्थापित गर्दै नेपाली कला , साहित्य, इतिहास, भाषा , संस्कृतिको संरक्षण सम्बर्धन र प्रवर्धन गर्दै विश्वसमुदायलाई नेपालप्रति आकषिर्त गराउने उदेश्यले न्युयोर्कमा नेपाली आदिवासी सांस्कृतिक अध्ययन केन्द्र स्थापित गर्ने निर्णय गरेको विज्ञाप्ती मार्फत जनाएको छ ।
फिप्ना कार्यसमिति र संघिय परिषद्को संयुक्त छलफल र परामर्स बैठक गत जनवरी १६, शनिवारको दिन नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका ( फिप्ना) को सभामुख राज कुमार बिष्टको सभापतित्वमा जुम अनलाईन मार्फत भएको थियो । बैठकले सघिय फिप्नाको कोषाध्यक्ष छोन्जोम लामाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र महासचिव नरेन्द्र थापा मगरको संगठानिक प्रतिवेदलाई सुझाब सहित सर्वसम्मतबाट पास गरिएको जनाएको छ ।
बैठकमा महासंघको आगामी रणनीतिहरूको विषयमा वैचारिक मार्गचित्र कार्यसमितिको तर्फबाट अध्यक्षले लोक चेम्जोङले प्रस्तुत गरेका थिए । फिप्नाले नेपालको आदिवासी जनजाति आन्दोलनको उपलब्धीहरूको रक्षाको लागी निरन्तर भुमिका निर्वाह गर्ने साथै नेपालका उत्पीडित जाती , समुदाय , क्षेत्र र बर्गका जनताहरूलाई राज्यको मूलप्रवाहमा समाहित गर्न उनीहरूको शैक्षिक, आर्थिक, सामाजिक, स्वास्थ्य, राजनितिक सबै क्षेत्रमा सहयोगी भुमिका निर्वाह गर्न रचनात्मक कार्यक्रमहरू र परियोजनाहरू संचालनको सम्बन्धमा निर्णय भएको जनाएको छ ।
महासंघको कार्यक्षेत्रलाई विकास र विस्तार गर्दै नेपाली अमेरीकन आदिवासी जनजातिहरूको साझा संस्थाको रूपमा विकास भएकोलाई अझ व्यापक बनाउदै आगामी दिनमा आदिवासीहरूको पेशागत संगठनहरूलाई पनि गोलबद्व गर्दै यसबाट युवाहरू, विद्यार्थीहरू , महिलाहरू , पत्रकारहरू , कलाकारहरू, कानुन व्यावसायीहरू , साहित्यकारहरू सबैलाई समेट्दै एकीकृत शक्ती निर्माण गर्दै जाने नितिगत प्रस्ताव पारीत भएको विज्ञाप्तीमा जनाएको छ ।
बैठकमा परिषदको सदस्य सचिव छिरिङ्ग राप्के लामा, अध्यक्ष लोक चेम्जोङ,अध्यक्ष, उपाध्याक्ष गोमा योञ्जन, महासचिव नरेन्द्र थापा,कोषाध्याक्ष छोन्जोम लामा,सचिव टोमा लामा,सदस्य सोनाम ग्याल्जेन शेर्पा त्यस्तै सल्लाहकारहरुमा शिव कुमार राई,मान बहादुर रानामगर, भरत मोक्तान, दोन्डुुुुप ढोक्प्य, र आङ जाङ्बु शेर्पाको साथमा विभिन्न १० जातीय सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । संघिय परिषद बैठकको बारेमा सभामुख राजकुमार विष्ट र सदस्य सचिव छिरिङ राप्के लामा र फिप्ना अध्यक्ष लोक चेम्जोङले विज्ञाप्ती अलग अलग जारी गरेका छन ।











