नेपालमा कोरोनाबाट हालसम्मकै धेरैको मृत्यु

२०७८ बैशाख २१, मंगलवार १८:०१

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट हालसम्मकै सर्वाधिक ५५ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साथै मंगलबार ७ हजार ५ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार १ सय ३१ पीसीआर परीक्षणबाट ७ हजार ५ सय ८७ जनामा कोरोना संक्रमण देखिएको हो ।

हालसम्म पीसीआर परीक्षण २५ लाख ३७ हजार २९५ पुगेको छ । आइसोलेसनमा ५९ हजार ७९८ जना र क्वारेन्टाइनमा २५३ जना रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार