७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

अमेरिकी प्रयोगकर्ताहरुका लागि टिकटकको गोपनीयता नीति परिवर्तन



अमेरिका । चिनियाँ भिडियो एप टिकटकले अमेरिका प्रयोगकर्ताहरुको लागि गोपनीयता नीति परिवर्तन गरेको छ ।

जुन २ मा अद्यावधिक गरिएको यो नीतिबारे टेकक्रन्च नामक प्राविधिक साइटले भनेको छ, ‘हामीले स्वचालित रूपमा यी तथ्याङ्क सङ््कलन गर्ने जानकारी’ खण्ड अन्तर्गत कम्पनीले प्रयोगकर्ताहरूलाई सीधै सूचित नगरी उनीहरूको तथ्याङ्क संकलन गर्न दिइरहेको ‘द नेशनल इन्ट्रेस्ट’ रिपोर्ट गरेको छ ।

“फेसप्रिन्ट र भ्वाइसप्रिन्टजस्ता सामग्रीबाट ‘बायोमेट्रिक’ पहिचान र ‘बायोमेट्रिक’ सूचनालाई अमेरिकी कानून अन्तर्गत परिभाषित गरिएको छ । हामी कुनै पनि त्यस्तो संग्रहको अघि तपाईंबाट कुनै आवश्यक अनुमतिहरू खोजी गर्नेछौं” कम्पनीको नयाँ नीतिमा भनिएको छ ।

टिकटकले यस बिषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन । अमेरिकीहरूका लागि फेसप्रिन्ट र बायोमेट्रिकलगायतका विषयमा आफ्नो नीति परिवर्तन भएको बारे टिकटकले आधिकारिक रुपमा केही भनेको छैन ।

“पारदर्शिताप्रति हाम्रो चलिरहेको प्रतिबद्धताको अंशको रूपमा हामीले संकलन गर्न सक्ने जानकारीमा थप स्पष्टता प्रदान गर्न हाम्रो गोपनीयता नीति अद्यावधिक गरेका छौं,” टिकटकका प्रवक्ताले भनेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस महिनाको सुरुमा ट्रम्प प्रशासनको कार्यकारी आदेश खारेज गरेका थिए । ट्रम्पले टिकटिक र बिच्याटमाथि प्रतिबन्ध गर्ने ब्यवस्था गरेका थिए । ट्रम्प प्रशासनले यि एपहरुको प्रयोगको सुरक्षा समीक्षाका लागि आदेश दिएको थियो ।
–––

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ११ : १७ बजे