३० भाद्र २०८१, आइतबार | Mon Sep 16 2024

अफ्गानिस्तानमा बीस वर्षपछि फेरी तालिबानको सत्ता, अमेरिकाले गुमाए दुई हजार बढी सैनिक र दुई ट्रिलियन डलर



बीस वर्षपछि अफगानिस्तानमा फेरी तालिबानले सत्ता कब्जा गरेका छन् । अमेरिकाले आफ्ना दुई हजार भन्दा बढी सैनिकको मृत्यु तथा दुई ट्रिलिलय डलर भन्दा धेरै खर्च गरेर तयार पारेको सरकार करिब डेढ महिनामै तालिबानले धरासायी बनायो । तालिबानका लडाकुहरु आइतबार साँझ राजधानी काबुल प्रवेश गरेका थिए ।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकी सानको रफमा रहेको ट्वीन टारवर र पेन्टागनमा आतंककारी आक्रमण गरेपछि अमेरिकी फौजले त्यसको मुख्य योजनाकार ओसामा विन लादेनलाई खोज्दै अफगानिस्तानमा आक्रमण गरेको थियो । पछि बहुराष्ट्रिय सेना समेत मिसिएपछि तालिबान अफगानिस्तानको सत्ताबाट च्यूत भएका थिए । वीस वर्षपछि अमेरिकी र बहुराष्ट्रिय सेना फर्कदै गरेका बेला तालिबानले सत्ता कब्जा गरेको हो ।

त्यसलगत्तै उनीहरुले यहाँका राष्ट्रपतिको निवास पनि कब्जा गरे । त्यसको केही क्षणअघि राष्ट्रपति अशरफ घानी देश छोडेर भागेका थिए । उनी देश छोडेर कहाँ गएका हुन् भन्ने विषयमा अझै कसैले पनि बताइएको छैन । यस विषयमा अफगानिस्तानको सरकारले पनि केही भनेको छैन ।

अफगानिस्तानको नेशनल रिकन्सिलिएसन काउन्सिलका प्रमुख अब्दुल्लाह अब्दुल्लाहले आफ्नो फेसबुक पेजमा राष्ट्रपति घानीले देश छोडेका भन्दै त्यसको भिडियो पोष्ट गरेका छन् ।

अफगानिस्तानका राजधानीतर्फ तालिवानी विद्रोहीहरुले प्रवेश गरेपछि अफगानिस्तानका गृहमन्त्रीले अफगान सरकार शान्तिपूर्णरुपमा तालिबानीहरुलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका थिए ।

त्यसअगावै राष्ट्रपति घानीले देश छोडेको बताइएको छ । आइतबार राति नै तालिबानीहरु काबुलस्थित राष्ट्रपति निवासमा प्रवेश गरेका छन् । उनीहरुले आइतबार राति राष्ट्रपति कार्यालय र निवास कब्जामा लिएको जानकारी गराएका छन् ।

आइतबार रातिदेखि नै राष्ट्रपति निवासमा अफगान सरकार र तालिबानीका प्रतिनिधिहरुबीच शुरु भएको वार्ता सोमबार बिहानसम्म जारी रहेको बताइएको छ । सो वार्तामा तालिबानीहरुलाई वैधानिकरुपमा सत्ता हस्तान्तरण गर्ने विषयमा कुराकानी भइरहेको अनुमान गरिएको भए पनि यस विषयमा सरकारकोतर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

उता तालिबानीहरुले भने अब छिट्टै तालिबानीहरुले अफगानिस्तानको सत्ता सम्हाल्ने बताएका छन् । उनीहरुले अब छिट्टै इस्लामिक राज्य स्थापनाको घोषणा गर्ने बताएका छन् । तालिबानहरुले आफ्ना लडाकूहरुलाई राजधानी काबुल प्रवेश गर्न अनुमति दिएका थिए । त्यसपछि आइतबार साँझ नै उनहरु काबुल आएका हुन् ।

यहाँ हिंसा हुने खतराले गर्दा राति ९ बजेदेखि बिहानसम्म कर्फ्यु आदेश जारी गरिएको बताइएको छ । आइतबारदेखि सोमबार बिहानसम्म पनि अफगानिस्तानबाट विभिन्न देशहरुले आफ्ना नागरिकलाई स्वदेश फर्काएका छन् ।

त्यसैगरी अफगानिस्तानका कैयौँ विदेश नागरिक आफैं पनि आफ्ना देश फर्किरहेका छन् । उता तालिबानहरुले भने कसैसँग बदला नलिने भन्दै आफूहरुसँग नडराउन भनिरहेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  २ : ०१ बजे