४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

जबरजस्ती करणीको आरोप लागेका एमाले सांसद बानियाँ निलम्बित



काठमाडौँ । नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् । आइतबार बसेको प्रतिनिधि सभाले बानियाँलाई सांसद पदबाट निलम्बन गरेको हो ।

बैठकमा सभामुख अग्नी सापकोटाले बलात्कारसम्बन्धी अभियोग मुद्दामा जिल्ला प्रहरी कार्यालय, बाँकेको अनुन्धानका क्रममा हिरासतमा रहेका नेकपा (एमाले) का सांसद मोहन बानियाँलाई यही फागुन १६ गतेदेखि संविधानबमोजिम निलम्बन गरिएको अवगत गराए ।

बलात्कार आरोप लागेका मुगुका सांसद बानियाँलाई नेपालगन्जबाट प्रहरीले पक्राउ गरेको थियो । बानियाँविरुद्ध बलात्कार आरोप लागेपछि गत फागुन १६ गते जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनलाई नेपालगन्ज विमानस्थलबाट पक्राउ गरेको थियो । उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो । पीडित महिलाले बानियाँविरुद्ध माघ २७ गते नै जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन् ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ४ : १४ बजे