अमेरिकाको न्युयोर्क राज्यको राजधानी अल्बानीमा अमेरिका र नेपालको राष्ट्रिय गान बजाएर अन्तर्राष्ट्रिय सगरमाथा दिवसको घोषणा गरिएको छ । यही मे २४ तारिखका दिन न्युयोर्क राज्य विधानसभाका सदस्य जेनिफर राजकुमार र गभर्नर क्याथी होचेलले एसेम्ब्ली हलबाट अन्तर्राष्ट्रिय सगरमाथा दिवसको आधिकारिक रुपमा घोषणा गरेका हुन् ।
यूएस नेपाल क्लाइम्बर एसोसिएसन इन्कले जारी गरेको प्रेस विज्ञप्ति अनुसार सर्वोच्च शिखर सगरमाथा माथि प्रथम पटक मानव पाइला टेकेको ऐतिहासिक दिनको स्मरण गर्दै मनाइदै आएको अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई अमेरिकाको न्युयोर्क राज्यले मान्यता दिएको छ । त्यसको औपचारिक घोषण विधान सभा सदस्य राजकुमार र गभर्नर होचेलले गरेका हुन् ।
यूएस नेपाल क्लाइम्बर एसोसिएसन इन्कको विज्ञप्तीको पूर्णपाठ: