विमला हमालको ‘खोज्दै छु मैले डलर बरिलै’ सार्वजनिक

२०७९ श्रावण ३०, सोमबार १६:२७

न्युयोर्क । स्याङ्जा समाज अमेरिकाका अध्यक्ष विमला हमाल श्रेष्ठको मार्मिक गीति भिडियो ‘खोज्दै छु मैले डलर बरिलै’ सार्वजनिक भएको छ । नेपाली महिलाहरुको महान पर्व तीजको अबसरमा सो गीति भिडियो सार्वजनिक गरिएको हो ।

अमेरिकामा आएपछि डलर रुखमै टिप्न पाइन्छ भन्ने भनाइ नेपालीमाझ चर्चामा छ । त्यसलाई व्यङ्ग्य गर्दै उनले सो गीति भिडियो सार्वजनिक गरेकी हुन् । आफुले रेस्टुरेष्टमा सेल रोटी पकाउने भुइँ सफा गर्नेदेखि सम्पूर्ण काम गरेको दृश्य गीति भिडियोमा देखाइएको छ ।

न्युयोर्क, बासिङ्टन डीसीलगायत मुख्य सहरमा छायाँङ्कन गरिएको यो गीति भिडियोमा विमला मुख्य भूमिकामा छिन् भने उनको साथमा याङ्गसरी गुरुङ, विजेता लिम्बु , अम्बिका केसीलगायतले अभिनय गरेका छन् । भिडियो छायाँङ्कन न्युयोर्कका चर्चित फोटो पत्रकार शम्भु मुक्ताङले गरेका हुन् ।

सम्बन्धित समाचार