४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

ओपनएआईले ल्यायो भिडियो बनाउने एप



एआइ च्याटबट च्याट जीपीटी ल्याएर तहल्क मच्चाएको ओपनएआईले भिडियो बनाउने नयाँ एआइ एप सार्वजनिक गरेको छ ।

‘सोरा’ नाम दिएर हालै सार्वजनिक गरेको टेक्स्ट-टु-भिडियो जेनेरेटरले अन्य भिडियो जेनेरेटरहरूभन्दा सुसंगत र थ्रीडी भिडियोसमेत सिर्जना गर्ने सक्ने कम्पनीले जनाएको छ ।

सोराले एक मिनेटसम्मको भिडियो सिर्जना गर्ने र ती निकै यथार्थपरक र वास्तविक झैँ लाग्ने अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

प्रयोगकर्ताले आफूलाई चाहिएजस्तो भिडियो बनाउन सोरालाई लेखेर निर्देशन दिन सक्छन् । हाल यो मोडल परीक्षणकै क्रममा रहेकाले कम्पनीले केही सिमित भिजिअल आर्टिस्ट, डिजाइनर र फिल्म निर्मातालाई मात्रै सोरा चलाउन दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । रचनात्मक क्षेत्रमा रहेकाहरूलाई सहज तरिकाले भिडियो बनाउने सुविधा दिन सोरा निर्माण गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सोरामार्फत सिर्जना भएका भिडियोको नमूना सामाजिक सञ्जाल एक्समा शेयर गरेका छन ्।

सञ्चार माध्यमहरुले अघिल्ला एआई भिडियो जेनेरेटरभन्दा सोरा निकै एडभान्स्ड भएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १० : ०८ बजे