४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

नेपाली पुरुष क्रिकेटरले बढीमा मासिक एक लाख रुपैयाँ लतब पाउने, महिलाले ५० हजार 



नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूको तलब बढाएको छ । शनिबार र सोमबार बसेको क्यान कार्यसमिति बैठकले खेलाडीहरुलाई नयाँ वर्गीकरण गर्दै तलब पनि बढाउने निर्णय गरेको हो ।

क्यानको यो निर्णयसँगै ‘ए’ ग्रेडमा परेका ६ खेलाडीहरूले अब मासिक एक लाख रुपैयाँ तलब पाउने छन् । ‘ए’ ग्रेडमा कप्तान रोहित पौडेलसँगै सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुसल भुर्तेल छन् । 

यस्तै ग्रेड ‘बी’ मा पर्ने खेलाडीको तलब मासिक ७० हजार पुगेको ग्रेड ‘बी’ मा पनि ६ जना खेलाडी परेका छन् । कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनास बोहरा ग्रेड ‘बी’ मा परेका छन् । 

यस्तै नेपाल ‘ए’ का कप्तान विनोद भण्डारीसहित चार खेलाडी ग्रेड ‘सी’ मा परेका छन् । उनीहरूको तलब मासिक ५५ हजार तोकिएको छ । ग्रेड ‘सी’ मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जीसी परेका छन् । 

ग्रेड ‘डी’ मा परेका खेलाडीलाई मासिक ३५ हजार पारिश्रमिक दिने क्यानले निर्णय गरेको छ । ग्रेड ‘डी’ मा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ रहेका छन् । 

बाँकी सात प्रदेशका इमर्जिङ क्याटोगरिका ७ खेलाडीले मासिक २५ हजार पाउने छन् ।

इमर्जिङ क्याटोगरीमा कोशीका दिपेश कँडेल, मधेशका रुपेश सिंह, बागमतीका रिजन ढकाल, गण्डकीका बिपिन खत्री, लुम्बिनीका देव खनाल, कर्णालीका अर्जुन घर्ती र सूदुरपश्चिमका हेमन्त धामी रहेका छन् । 

क्यानले १९ महिला क्रिकेटरलाई पनि वर्गिकरण गरेको छ । उनीहरुको पारिश्रमिक भने पुरुषको भन्दा आधा कम छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ११ : ४३ बजे