१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026



मुकुल ढकालले प्रधानमन्त्री ओलीसँग गरे रविको राजनीतिक बाटो छेक्ने माग

राष्ट्रिय स्वतन्त्र पार्टीबाट नस्कासित महामन्त्री मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अप्रत्यक्ष रवि लामीछानेको राजनीतिक बाटो रोक्न माग गरेका छन् ।

सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर १५ बुँदे प्रतिवेदन बुझाएका ढकालले “एकपटक नेपाली नागरिकता त्यागेको व्यक्तिले पुनः नागरिकता लिएमा राज्यका प्रमुख पदमा पुग्न नपाउने” गरी संविधान संशोधन हुनुपर्ने ढकालले माग राखेका हुन् ।

उनले प्रधानमन्त्री ओलीसँग प्रदेश संरचना खारेज गर्नुपर्ने मागसहितको प्रतिवेदन पेश गरेका छन् । ढकालको प्रतिवेदनमा जनतालाई प्रदेश संरचनालाई लिएर निराशा र आक्रोशित बनाएको दावी गरिएको छ । साथै ढकालले उपराष्ट्रपति पद खारेज गर्नुपर्ने माग पनि गरेको छ ।

उनले स्थिर निर्वाचन प्रणालीका लागि थ्रेसहोल्ड बढाउने, एउटै मतपत्रमा निर्वाचन गर्ने, एकपटक समानुपातिकबाट निर्वाचितलाई फेरि समानुपातिकको उम्मेदवार हुन नपाउने व्यवस्था हुनुपर्ने पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ५ : ०७ बजे