रौतहटमा जीउदै मानिसलाई इट्टाभट्टामा जलाएर मारेको अभियोगमा सफाइ पाएकै भोलिपल्ट दिन कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ ।
उपचारमा संलग्न चिकित्सका अनुसार उनलाई बिहान सात बजे नै मस्तिष्कघात भएको थियो । उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
अस्पताल स्रोतका अनुसार आलमलाई आईसीयूमा भर्ना गरेर उपचार सुरु गरिएको छ । परिवारले बिहान साढे १० बजे आलमलाई अस्पताल पुर्याएको थियो ।
अस्पतालले उनी बोली लरबरिए, दाहिने हर कमजोर अवस्थामा अस्पताल ल्याइ पुर्याएका थिए ।
उनलाई २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौटहटमा बम विस्फोट हुँदा घाइतेहरूलाई ज्युँदै इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको थियो । त्यही अभियोगमा जिल्लाबाट दोषी करार गरेपछि जेलमा थिए ।
तर बिहीबार बीरगञ्ज उच्च अदालतले उनलाई सफाइ दिएको थियो । सफाइ दिएर जेलबाट छुटेको भोलीपल्ट उनलाई मस्तिष्कघात भएको हो ।
उनले सफाइ पाएको विषयलाई लिएर सामाजिक सञ्जालमा अलोचना भएरहेको छ ।









