१० असार २०८३, बुधबार | Wed Jun 24 2026

भिजिट नेपाल सफल बनाउन एनआरएनले फेसबुकबाट विज्ञापन दिन शुरु


Ang

२९ पुस २०७६, मंगलबार  

0
Shares

नेपाल भ्रमण वर्ष सफल बनाउन एनआरएनए अमेरिकाको ब्यापार तथा नेपाल पर्यटन प्रबर्द्धन समितिले विभिन्न कार्यक्रम गर्ने योजनासंगै नेपालको प्रर्वद्धनको लागी सामाजिक सञ्जाल फेसबुकमा नेपाल चिनाउने सामाग्री राखेर विज्ञापन दिन थालेका छन । नेपाल भ्रमण बर्ष भिजिट नेपाल २०२० प्रचार प्रसार गर्न एनआरएन अमेरिका व्यापार तथा नेपालय पर्यटन प्रर्वद्धन समितिले पैसा तिरेर भएपनि नेपालको प्रचार गर्ने अभियान थालेको समितिको संयोजक आङ जाङबु शेर्पाले बताए ।

फेसबुकमा विज्ञापन राखेको केही दिनमै नेपालको बारेमा चासो दिनेहरुको संख्या बडेको संयोजक शेर्पाले बताए । ‘ भिजिट नेपाल सफल बनाउन हामीले पैसा तिरेर फेसबुकबाटै नेपाल चिनाउने अभियानमा अघि बडयौ ‘ संयोजक शेर्पाले बताए । नेपाल सरकारको लक्ष्यलाई सफल पार्न महत्वपूर्ण सहयोग पुग्ने र प्रचारप्रसारमा प्रभावकारी भूमिका खेल्ने सोचका साथ फेसबुकमा पैसा तिरेर राखेको विज्ञापनले राम्रो भुमिका खेलेको उनले बताए ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  १० : २८ बजे