सधै ब्यस्त हुने न्युयोर्कको म्यानहृटन आइतबार नेपालमय भएको थियो । नेपालको पुर्वदेखि पश्चिम र उतरदेखि दक्षिण सवैतिरको नेपालीहरुले आफनो मौलिक पोशाकमा प्रस्तुत लोक गीत र नृत्यले नेपाल झल्काएको थियो । अमेरिकाको विभिन्न राज्यहरु मध्ये धेरै नेपालीहरु बसोबास गदै आइरहेको न्युयोर्कमा विगत झै यस पटक पनि न्युयोर्कमा आयोजित नेपाल डे परेडले नेपाल चिनाएका थिए । न्युयोकको साथै नेपालीहरु बसबोबास गदै आइरहेका अमेरिकाको अन्य राज्यहरुमा पनि नेपाल चिनाउने ‘नेपाल डे’आयोजना हुदै आएको छ ।
न्युयोर्कमा नेपाल डे आदीबासी जनजाती महासंघ फिफना र एनआरएनए अमेरिकाले संयुक्त रुपमा आयोजना गरेको छ । गत वर्षको तुलनामा यस पटकको नेपाल डेमा ५ हजार भन्द बढि नेपालीहरुको उपस्थिति रहेको नेपाल डेको कन्भेनर तथा फिफनाको अध्यक्ष एपि शेर्पा लामाले बताए । उनका अनुसार परेडमा विभिन्न १८ वटा जातीय सस्थाहरुको व्यानर सहितको सास्कृतिक झाकी सहित सहाभागी थिए । त्यस्तै १ दर्जन बढि सस्थाहरुको उपस्थिति थिए । ‘न्युयोर्कमा ‘सेलिब्रेट नेपाली हेरिटेज टुगेदार’ नाराका साथ आयोजित परेडमा पुर्व, पश्चिम, उतर र दक्षिणका नेपालीलाई एक ठाउमा भेला गराएर नेपाली पहिचान र सस्कृति देखाउन पाउदा खुसि लाग्यो ‘ । नेपाल डे को कन्भेनर तथा फिप्नाका अध्यक्ष शेर्पाले बताए ।
नेपाल डे परेडको प्रमुख अतिथिको रुपमा उपस्थित अमेरिकाका लागी नेपालका कार्यवाहक राजदुत शारदाराज आरनले उदघाटन गरेका थिए । त्यस्तै विशेष अतिथिहरुमा धर्म गुरु गेसीटसि, न्युयोर्क महाबाणिज्यदुत दधिराम भण्डरी, बाणिज्यदुत प्रेम बहादुर बुढाटथापा र न्युर्योक सिटिको मेयरको प्रतिनिधिको उपस्थित थिए । म्यानहृटनको थर्टिएट स्ट्रिटमा भेला भएर फोर्टिनस्ट्रिटसम्म फरेड गदै अन्तमा सास्कृतिक कार्यक्रम गरि सकिएको थियो । कार्यत्रममा नेपालका विभिन्न जातजातीले आफनो मौलिक पहिचान र सस्कृति प्रस्तुत गरेका थिए । कार्यक्रममा यस अघिको नेपाल डे सफलतापुर्वक समपन्न गरेका पुर्व कन्भेनर तथा आयोजकहरु एनआरएन अमेरिकाका पुर्व अध्यक्ष आङछिरिङ शेर्पा, रामहरि अधिकारी र फिप्नाका निवर्तमान अध्यक्ष तोरण गुरुङलाई आयोजकले सम्मान गरेका थिए ।








तस्विरहरु एपि लामा शेर्पा









