२१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026

न्युयोर्कको बास्केटबल प्रतियोगितामा हिमालयन बलर र वाङदेन बने उत्कृष्ट खेलाडी




न्युयोर्कमा पहिलो पटक सम्पन्न एनएसएसपि बास्केटबल प्रतियोगिताको उपाधी हिमालयन बलरले पाएका छन । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधी हिमालयन बलरको वाङदेन शेर्पाले पाएका छन । नेटवर्क अफ शेर्पा स्टुडेन्ट एण्ड प्रोफेसनल ( एनएसएसपि ) द्धारा आायोजित बास्केबल प्रतियोगितामा विभिन्न ८ समुहहरुले भाग लिएका थिए । प्रतियागितामा विभिन्न उमेर समुहका खेलाडीहरु संलग्न थिए ।

एनएसएसपि न्युयोर्कस्थित शेर्पा समुदायको पुरानो सस्था शेर्पा किदुगको विद्याथीहरु सम्मिलित भातृ सस्थाको रुपमा क्रियासिल रहदै आएको छ । ‘खेलको माध्यामबाट सवैलाई एकता गराउनका लागी हामीले पहिलो पटक बास्केटबल प्रतियोगिता आयोजना गरेको हो ‘ एनएसएसपिको अध्यक्ष मिङमा शेर्पाले भने— ‘न्युयोर्कमा उच्च शिक्षा अध्ययन गर्न खोजिरहेको नेपाली विद्याथीहरुलाई सहयोगसंगै सामाजिक सेवामा जुटने हाम्रो लक्ष्य रहेको छ । मिङमाको नेतृत्वमा एनएसएसपिमा ७ जना सदस्यहरु क्रियासिल छन ।

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  १० : ४७ बजे