- भक्त तामाङ ‘मिराज’
आज १८३ औं विश्व फोटोग्राफी दिवसको अवसरमा एउटा इतिहास रचेको फोटोको चर्चा गर्न चाहान्छु । म फोटोग्राफी पेशाले विश्वका सयभन्दा धेरै राष्ट्रहरूको भ्रमण गर्ने शिलशिलामा जहाँ पनि किसिङ्ग सेलरको मूर्ती देखें । विश्वका धेरै फोटो ग्यालरी र सडकमा फोटो बेच्ने व्यापारीले यो फोटो विक्री गरिरहेको देखें । त्यसपछि मेरो मनमा जिज्ञासा सुरु भयो र मैले यो फोटोको विषयमा खोज्न, बुझ्न थाले र यो कथा बन्यो ।
दोस्रो विश्व युद्धमा अमेरिकासँग जापानले हार स्वीकार गरी १४ अगष्ट १९४५ मा युद्ध विराम गर्यो । यो जीतको खुशियाली मनाउँदै लाखौं अमेरिकनहरू सडकमा उर्लिए । यसै क्रममा न्यूयोर्कको सामुन्द्री बन्दरगाहाबाट नेभी लडाकुहरू, कर्मचारी, डाक्टर, नर्स आफ्नो जीतको खुशियाली मनाउँदै सडकमा नाचगान गर्दै, आफ्ना आफन्त जो लडाइबाट जीवित फर्किए त्यसको खुशियाली मनाउँदै थिए । यसै क्रममा एक नेभी सेलर आफ्नो प्रेमिकालाई भेट्न न्यूयोर्कको टाइम स्क्वाएरतिर लागे उनी खुशियाली मान्दै रक्सीले मातेको अवस्थामा सडकमा हिड्दै थिए ।
उनको प्रेमीका पनि उनलाई खोज्दै थिए । उक्त सेलर रक्सीले मातेको बेला खुशियाली मनाउँदै नाच्दै आफ्नो अगाडि भेटिएकालाई अंकमाल गर्दै हिड्ने क्रममा अचानक एउटी सुन्दरी नर्स उनको सामु देखेपछि अंकमाल गर्दै उत्तेजित भएर उक्त नर्सलाई चुम्बन गर्छ । त्यति बेला फोटो पत्रकार अल्फ्रेड आइन्सटाइनले आफ्नो क्यामराबाट फटाफट ४ वटा फोटो खिच्छ । फोटोमा पछाडी सेतो ड्रेसमा हाँसिराखेको महिला उक्त सेलरको प्रेमीका हुन्छिन त्यसपछि यो कथाले आफ्नो इतिहास रच्दछ ।
फोटो पत्रकार अल्फ्रेड आइन्सटाइन त्यो बेला लाइफ पत्रिकाको फोटो पत्रकार थिए । उनले यो फोटो लाइफ पत्रिकामा छापेपछि यो फोटोले जुन चर्चा पायो त्यो अत्यन्तै रोचक बन्यो । फोटोमा खिचिने तस्वीरले एउटा लडाईमा जीतको खुशियाली, युगल जोडीको मिठो चुम्बन देखि उक्त सेलरको शरीरको बनोटको वर्णन देखि नर्सको सुन्दरताको वर्णन गरेको पाईन्छ । उक्त फोटोको चर्चाको शिखर यति धेरै चुलियो की उक्त फोटोको कारण फोटो पत्रकार अत्यन्तै चर्चित हुँदै गए ।
बिसौं शताब्दीको उत्कृष्ट फोटोग्राफरको अवार्ड उनले पाए । बिसौं शताब्दी कै सबैभन्दा चर्चित फोटो पत्रकार बने तर उक्त तस्वीरमा भएका दुई युगल जोडी को हो भन्ने विषय निकै नै कौतुहलताको विषय रह्यो । बेला–बेलामा उक्त सेलर म हुँ भनेर दावी गर्नेको भिड नै लाग्यो अलिकति शारीरिक जीउडाल मिल्नेले आफूलाई सेलेब्रेटीको जस्तै जीवन जिए । लाखौं सङ्ख्यामा बिक्री हुने उक्त तस्वीरमा अटोग्राफ गर्थे तर पनि त्यो नर्स को थिइन् ? भेट्न मुस्किल परिरहेको अवस्थामा धेरै खोज अनुसन्धान भयो । तर नर्स पत्ता लागेन । उक्त तस्वीर २० औं शताब्दीकै सबैभन्दा चर्चित तस्वीर बन्यो । उक्त तस्वीरको आधारमा धेरै कविता, लेख रचना भए तर उक्त तस्वीर भित्रको मान्छे को हो भन्ने विषय खोज जारी नै रह्यो ।
यसरी नै अमेरिका प्रख्यात लेखक लेरन्स भेरियाले The Kissing Sailor नामक पुस्तक लेखे । उक्त पुस्तकले पनि अत्यन्तै चर्चा पायो । पुनः एकपटक ३५ वर्षपछि Times Magazine को मुख्य विषय बन्यो । उक्त पुस्तकमा पनि ती सेलर र नर्सको खोजी भैरहेको जानकारी गराएको विषय पढे पछि तस्वीरमा भएको सेलेरलाई चिन्ने साथीले उक्त सेलरलाई फोन गरे त्यसपछि त्यो पत्रिका छापिएको फोटो देखाएपछि कथाले अर्को मोड लिन्छ । यति बेला सामाजिक सञ्जालको व्यवस्था भैसकेको थियो । पहिला भन्दा सामाजिक संजालको युगमा सबै चिजहरु सहज भैसकेको थियो ।
त्यसै गरी उक्त नर्सका नातिनातिनीहरूले सो फोटो देखाएपछि उक्त नर्स र सेलेर ३५ वर्षपछि नातीनातिनीहरूको खोज र सहयोगमा पहिलो पटक Social Media बाट Skype call गरेर भेट हुन्छ । निकै रमाइलो वार्तालाप हुन्छ । यति धेरै चर्चा पाएको फोटोमा रहेको दुवै जनाको जीवन आ–आफ्नै तरिकाले चलेको पाइन्छ भने पृष्ठभूमिमा हाँसि राखेकी सेलरको प्रेमीका सोही घटनाका कारण २ वर्ष सम्म रिसाएपछि उनीहरूले विहे गरेको रोचक कहानी अगाडी आउँछ ।
बीबीसीका महिला पत्रकारलाई चुम्बन गरेको फोटो देखाउँदै रमाइलो गर्छ । उनको पत्नीले तिमीलाई चुम्बन गर्दा म माइण्ड गर्दिन तर त्यो बेलाको कुरा बिर्सन नसक्ने कुरा जनाउँछिन् । त्यसपछि नर्स र सेलर साँचै उनीहरू नै हो भनी अनुसन्धान चल्छ र तस्वीरमा भएको नर्सको हातको कोठी सेलरको हातमा काटेको घाऊको निशानी उनीहरूले दिएको आफ्नो कागजपत्रको आधारमा सक्कली सेलर र नर्स को हो भन्ने ३५ वर्षपछि प्रमाणित हुन्छ ।
उक्त सेलर नेभीको अफिसर जर्ज मेन्डोसा थिए भने नर्स ग्रिटा जिमर फ्रिडमन थिए । सेलरको प्रेमीका रिटा पेट्री थिइन फोटो पत्रकार अल्फ्रेड आइन्स्टाइन उक्त फोटोबाट चर्चित हुँदै ६० वर्षसम्म फोटो पत्रकारिताको अग्रस्थानमा सधै बनि रहे । जीवनको अन्तिम समयमा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले फादर अफ फोटो जर्नालिजमको उपाधीले सन् १९८९ मा विभुषित गर्यो । सन् १९९५ मा ९७ वर्षको उमेरमा उनको निधन भयो । त्यसपछि नर्स–ग्रिटा जिमर फ्रीडमनले ९२ वर्षको उमेरमा सन् २०१६ मा संसार छोडिन ।
प्रख्यात किसिङ सेलर ९५ वर्ष पूरा गरि ९६ वर्ष पुग्न २ दिन अगाडी सन् २०१९ मा संसारबाट विदा लिए र उनको श्रीमती रिटा पेट्रीले २०१९ मै ९२ वर्षको उमेरमा संसार छाडिन् र यसरी यो रोचक कथाको अन्त्य हुन्छ । उहाँहरू यो संसारमा नभएपनि उहाँहरूको फोटो आज पनि संसारका फोटो ग्यालरी र सडकमा विक्रीमा राखिएको पाइन्छ ।
रोयल्टी फोटोग्राफरको सन्तानले लिन्छन् । १४ अगष्टको दिनलाई जापानमाथिको विजयको खुशियालीमा अमेरिकाले २५ फिटको मूर्ति सजाएर VJ Day मनाउने चलन १४ अगष्ट देखि चलेको पाइन्छ । त्यो दिन सार्वजनिक विदा गरिन्छ । संसारभरका प्रेमी जोडीहरू सेलरको मूर्तीको नक्कल गरेर फोटो खिच्ने परम्परा आजभन्दा भोली अझै चर्चित बन्दै गएको पाइन्छ ।
अमेरिकी दस्तावेजअनुसार हाल २५ फिट अग्लो Kissing Sailor को पहिलो पटक सन् २००५ मा फ्लोरिडाका मूर्तीकार Sewara Johnson का Kissing Sailor को मूर्ती बनाएको पाइन्छ र आज विभिन्न देशको प्रमुख पर्यटकीय शहरहरूमा १३ वटा मूर्ती छन् भने ५ फिट अग्लो मूर्ती संसारका धेरै राष्ट्रहरूको समुन्द्री बन्दरगाहा नजिकको सहरहरूमा अनगिन्ती पाइन्छन् । यसरी एउटा इतिहास बोकेको र एउटा भाव बोकेको फोटोको मूल्य कति बहुमूल्य हुँदो रहेछ भन्ने शिक्षा पाइने यो कथा प्रस्तुत गरिरहँदा म आफू पनि आनन्दीत महशुस गरेको छु ।
धन्यवाद !