३ बैशाख २०८३, बिहिबार | Fri Apr 17 2026

न्युयोर्क ट्राभलिङ किम्फ जुलाइ ८ मा


२७ जेष्ठ २०७४, शनिबार  

0
Shares

न्युयोर्क । नेपालको मौलिक कथामा बनेका चर्चित डकुमेन्ट्री महोत्सव जुलाईको पहिलो हप्ता न्युयोर्कमा हुने भएको छ । नेपालमा हरेक वर्ष हुदै आएको काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ ) को रुपमा न्युयोर्कमा प्रकाशन हुदै आएको पत्रिका एभरेस्ट टाइम्सले यही जुलाईको ८ तारिख शनिबार आयोजना गर्ने भएको छ ।
तेस्रो संस्करणको ट्राभलिङ किम्फ शेर्पा किदुगको भवनमा दुई सो हुनेछ । महोत्सवमा देवकी, वाइट केन, मेला, बाराखरि लौरो र भुसको लोग्ने प्रदर्शन गरिने न्युयोर्कस्थित आयोजक एभरेस्ट टाइम्सका प्रधानसम्पादक आङछिरिङ शेर्पाले जानकारी दिए । ‘नेपाली डकुमेन्ट्री निर्माताहरुको सीपलाई प्रबद्र्धन गर्नका साथै नेपाली कला संस्कृतिलाई विदेशमा चिनाउन किम्फ आयोजना गर्दै आएको हो,’ शेर्पाले भने, ‘किम्फ आयोजना गरेर बचेको रकम दूर्गम गाउँको स्कुललाई सहयोग गर्दै आएका छौं ।’

उनका अनुसार यसअघि किम्फ आयोजना गरेर बचेको रकम सोलुखुम्बु जिल्लाको चागेस्थान मावि केरुङ र सेर्गा वागाम प्रविलाई सहयोग गरेको थियो । यसपटक भने सिन्धुपाल्चोकको हेलम्बुमा रहेको विद्यालयलाई सहयोग गर्ने योजना रहेको शेर्पाले बताए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७४, शनिबार  १० : ३६ बजे