एभरेष्टटाइम्स
न्युयोर्क- मुस्ताङ किदुग अमेरिकाले आयोजना गरेको दुई दिने आर्चरी प्रतियोगितामा एनवाइसि मुस्ताङ डाजाङ टोलि प्रथम भएका छन । त्यस्तै मुस्ताङ किदुग युएसए दोश्रो र मनाङ समाज युएसए तेस्रो भएका छन । न्युयोर्कको वाल्देनस्थित छुचुकुन्सेलिङ गुम्बा परिसरमा आयोजित प्रतियोगितामा ८ विभिन्न टोलिका ४५ जना आर्चरी खेलाडीहरुले भाग लिएका थिए ।
प्रतियोगितामा उत्कृष्ठ खेलाडी (बेष्ट प्लेयर )को उपाधी पाउने पहिलोमा छिरिङ धोर्जे गुरूङ ( टुल्कु ) मुस्ताङ , दोश्रोमा टैगर गुरुङ मुस्ताङ र तेस्रो टासी दोर्जे गुरुङ मुस्ताङ थिए । विजयी खेलाडीहरुलाई मुस्ताङ किदुगका अध्यक्ष राजकुमार विष्टले शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
उक्त अवसरमा अध्यक्ष राजकुमार विष्टले हिमालपारीको जिल्ला मुस्ताङ र मनाङ वीच भएको यो मैत्रिपुर्ण खेल प्रतियोगिताले दुई जिल्ला वीचको सुमधुर सम्बन्धलाई प्रगाढ बनाउनका साथै मौलिक सस्कृतिको जर्गेर्नामा थप मद्धत पुगेको बताए । मनाङ र मुस्ताङ लगायत त्यस भेगका बासिन्दाहरुले परापुर्वकालदेखिन खेल्दै आएको यो खेल आगामी वर्ष अझै व्यवस्थित रुपमा प्रतियोगिता आयोजना गर्ने योजना रहेकेा अध्यक्ष विष्टले बताए । प्रतियोगितामा विजयी खेलाडीहरुले नगद राशीको पुरस्कार, शिल्ड, पदक र प्रमाणपत्र पाएका थिए ।