३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

काँग्रेसद्वारा बागी र दुइ दर्जन सदस्यलाइ कारबाही


९ श्रावण २०७४, सोमबार  

0
Shares

दाङ । नेपाली काँग्रेस बबई गाउँपालिकाले स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णयविरुद्ध काम गर्ने दुई दर्जन पार्टी सदस्यलाई कारबाही गरेको छ ।

कारवाहीमा पर्नेमा विद्रोह गरी चुनावमा उठेका वडा नं ७ का निर्वाचित अध्यक्ष महावीर चौधरी, सदस्यका उम्मेदवारद्वय अमर बुढा र तेजबहादुर खत्री, प्रस्तावक वासुदेव बस्नेत र प्रताप बाँठा, टीकाबहादुर अधिकारी, गोविन्द डाँगी, डिल्लीबहादुर बुढाथोकी, दिनेशकुमार बुढाथोकी, भूपबहादुर बुढाथोकी, भूपबहादुर हमाल, विष्णुप्रकाश हमाल, गोपाल बुढाथोकी, सुरेन्द्रकुमार हमाल, भानुभक्त अधिकारी, कुम्भकुमारी अधिकारी, प्रकाश बस्नेत, गोविन्दप्रसाद शर्मा, नेकमान बस्नेत, मानबहादुर डाँगी र भीमबहादुर डाँगी छन् ।

वडा नं ६ का चित्रबहादुर डाँगी, मंगल थापा, टेकबहादुर भण्डारी र वडा नं ४ का धनेश्वर भण्डारीमाथि कारबाही गरिएको नेका बबई गाउँपालिका संयोजक बलबहादुर बुढाले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७४, सोमबार  ३ : २५ बजे