११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

एमालेमाओवादी गठबन्धन हराउँदै नुवाकोट जिससमा कांग्रेसको समूह


२९ श्रावण २०७४, आइतबार  

0
Shares

नुवाकोट । जिल्ला समन्वय समिति नुवाकोटको आज भएको निर्वाचनमा नेपाली काँग्रेसको समूह नै विजयी भएको छ ।

जिसस प्रमुखमा सन्तमान तामाङ विजयी भएका छन् । उहाँका प्रतिद्वन्द्वी नेकपा(एमाले)–नेकपा(माओवादी केन्द्र) गठबन्धनका रामहरि घिमिरे थिए ।

उपप्रमुखमा कांग्रेसकै अप्सरा थापा १४ मत ल्याई निर्वाचित भइन् । समितिका सदस्यमा गणेश शाही, अभिनव फुयाँल, माया शेर्पिनी, सम्झना सेढाईँ, धनमाया तामाङ, रामसिंह तामाङ र सुविना प्रधान विजयी भए ।

प्रकाशित मिति : २९ श्रावण २०७४, आइतबार  ६ : १५ बजे