७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

प्रदेश २ मा एमालेले ७० तहमा जित्छ-योगेश भट्टराई


२२ भाद्र २०७४, बिहिबार  

0
Shares

लहान । नेकपा (एमाले)का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले असोज २ गते हुने दुई नं. प्रदेशको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले कम्तीमा ७० स्थानीय तहमा जित्ने दाबी गरेका छन् ।

 

बिहिबार नेकपा (एमाले) प्रचार विभाग र प्रेस चौतारी सिरहा शाखाद्वारा लहानमा आयोजित स्थानीय तह निर्वाचन प्रचार–प्रसार भेला शुभारम्भ गर्दै उनले अन्य प्रदेशमा जस्तै एमाले २ नं प्रदेशको १३६ स्थानीय तहमध्ये कम्तीमा ७० स्थानीय तहमा विजयी भइ पहिलो पार्टी बन्ने दाबी गरेका हुन् ।

बिहानीको वातावरणले दिउँसोको संकेत गरेजस्तै एमालेलाई अन्य प्रदेशमाझै २ नं प्रदेशमा पनि त्यस्तै सफलता मिल्ने जिकिर गर्दै उनले यहाँ थुप्रै षडयन्त्र भए पनि एमाले अझ सशक्त हुँदै आएको उल्लेख गरे । हुलाकी राजमार्गको निर्माण, पूर्वपश्चिम राजमार्गको स्तरोन्नतिका लागि बजेट विनियोजन, जनता आवास, वृद्धवृद्धा भत्ता लगायतका जनप्रिय कार्य एमालेले नै गरेका कारण जनतामा जतिसुकै एमालेविरुद्ध भ्रम छरे पनि त्यो असफल हुँदै गएको टिप्पणीसमेत गरे।

प्रकाशित मिति : २२ भाद्र २०७४, बिहिबार  ५ : २५ बजे