न्युयोर्क— शेर्पा समुदायको महान चाड ल्होसारको अवसरमा न्युयोर्कमा आयोजना हुदै आएको ल्हाप्सु कार्यक्रम यस पटक हिउदमै सारेपछि विवाद सृजना भएको छ । लामो समय हिउदमा आयोजना गदै आएको ल्हाप्सु कार्यक्रम सर्वसाधारण र आयोजकहरुको समास्यालाई मध्यनजर गरि किदुगले यस अघि बसन्त ऋतुमा ल्हाप्सु सरेको थियो । तर यस पटक हिउदमै ल्हाप्सु गर्न लागेपछि समुदायमा छलफल र विवादहरु बडन थालेको छ ।
न्युयोर्कबासी शेर्पा समुदायले मनाउदै आएको ल्हाप्सु शेर्पा किदुग अन्र्तगत ल्हाप्सु व्यवस्थापन समितिले हरेक वर्ष आयोजना गदै आएको कार्यक्रम हो । ‘ हिउदमा ल्हप्सु गर्दा सर्वसाधारण र आयोजकलाई समास्या पदै आएकोले किदुग, बोर्ड अफ ट्रष्टी र लामा गुरुहरुसगको छलफल अनुसार बसन्त ऋतुमा सारेको थियो ’ किदुगको निवर्तमान अध्यक्ष अध्यक्ष दावा जाङबु शेर्पा भने—‘ तर यस पटक हिउदमा सारेपछि अन्यौलमा भयो ’ ।
उनका अनुसार लोसरको बेला सधै जाडो र हिऊ पर्ने भएकोले ल्हप्सो व्यवस्थापन समितिलाई समस्या हुनका साथै बढी खर्चिलो हुनाबाट जोगाउन, वुढावुढी र बालबच्चाहरुलाई सहाभागी गराउन किदुगले बसन्त ऋतुमा बार्षिक ल्हाप्सुको रुपमा सारेको हो । उनका अनुसार गाउमा महिना दिनपछि पनि युलसाङ मनाउने गरे झै यहा पनि सवैको सुविधाको लागी पछि सारे अनुसार २ वर्षदेखिन लगातार बसन्त ऋतुमा ल्हाप्सु गदै आएको छ ।
‘ हामी विदेशमा भएपनि आफनौ परम्परागत मौलिक सस्कृति अनुसारनै ल्होसार ल्हाप्सु आयोजना गरु भनेर लामा गुरुहरु र किदुग कार्यसमितिसग गरेको छलफल अनुसारनै यो पटक हिउदमा ल्हाप्सु सरेको हो ’ ल्हाप्सु आयोजक समितिका सदस्य पासाङ शेर्पाले भने—‘ हिउदमा जाडो भएपनि परम्परागत रुपमा १५ दिनभित्रमै ल्होसारको ल्हाप्सु गदै आएकाले हामीले त्यही सस्कारलाई निरन्तरता दिन खोजेको हो ’ । उनका अनुसार यस पटक फेबररी २५ तारिखको दिन वाल्देनमा हुने ल्हाप्सुको तयारीसंगै बजारमा सवैतिर कार्ड बजारमा वितरण भइसकेको छ ।
‘ ल्हाप्सु आयोजकहरुको अनुरोध अनुसार हिउदमै ल्हाप्सु गर्न लागेको हो’ किदुगको अध्यक्ष उर्गेन शेर्पाले बताए । वर्षनी हुदै आएको ल्हाप्सुस्थल वाल्देनमा यस पटकदेखिन निजि सवारी लैजाने नपाइने भएपछि अन्य राज्यबाट आउनेहरुलाई समास्या पर्ने देखिएको छ । कार्यक्रमस्थलमा हल, पार्किङ लगायतमा वाल्देन गुम्बाले शुल्क बडाएपछि ल्हाप्सु आयोजकले प्रति व्यक्ति ६० डलर शुल्क लिएको जनाएको छ ।