१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

जितेपछि के गर्ने? आकाशे पुलमा डेटिङ स्पट बनाउने: यसो भनेका साँवाको निर्वाचन परिणाम यस्तो भो


२६ मंसिर २०७४, मंगलबार  

0
Shares

काठमाडौं । सुनसरी क्षेत्र नम्बर २ को ‘क’ बाट उम्मेदवार रहेका एमाले उम्मेदवार सर्वध्वज साँवा सात हजार मतान्तरले विजयी भएका छन्।

इटहरीमा आकाशे पुल बनाउने र उक्त पुलमा डेटिङ स्पट बनाउने योजना प्रस्तुत गरेका उनले कांग्रेसका हेमकर्ण पौडेललाई पराजित गरेका हुन्।

साँवाले २६ हजार ६२७ मत पाए भने पौडेलले १९ हजार हजार २४५ मत पाएका छन्।

‘हामी के बनाउन चाहान्छौ इटहरीलाई? अब हामी इटहरीलाई आह इटहरी बनाउन चाहान्छौ। कसरी त? हामी इटहरीको चारैतिर आकाशे पुल बनाउनेछौं। र, यसलाई हामी युवायुवतीको डेटिङस्थल बनाउनेछौं।’ साँवाले चुनावी सभामा भनेका थिए।

युवायुवतीका लागि डेटिङस्थल कमी भएको उल्लेख गर्दै उम्मेदवार साँवाले भने, ‘अहिले हामी गोर्खा डिपार्टमेन्ट अगाडी आइज न भन्छौ। अब आकाशे पुलमा आइजा भन्छौ, त्यहाँ सेल्फी खिच्छौ, फोटो खिच्छौ।’

साँवा इटहरीका पूर्व मेयर हुन्। स्थानीय निकायको निर्वाचनमा इटहरी उपमहानगरपालिकाबाट मेयरमा उम्मेदवारी दिने चर्चा चलेपनि उनी उम्मेदवार भने बन्न पाएनन्। द्वारिकालाल चौधरी हाबी भएपछि उनले टिकट पाएनन्। अहिले उनै चौधरी यहाँका मेयर छन्। ताप्लेजुङ खोप्लिङमा जन्मेका साँवा पछिल्लो समय सुनसरीमै सक्रिया छन्।

प्रकाशित मिति : २६ मंसिर २०७४, मंगलबार  ९ : २५ बजे