२० फाल्गुन २०८२, बुधबार | Thu Mar 5 2026

महेश बस्नेतले भने-प्रधानमन्त्री केपी ओली नै हुन्छन्, माघ ७ भित्रै सरकार बन्छ


४ पुस २०७४, मंगलबार  

0
Shares

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा माघ ७ गतेभित्रै नयाँ सरकार बन्ने स्पष्ट पारेका छन् ।

 

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले अब पनि प्रधानमन्त्री को बन्छ भनेर बहस गर्नु भनेको गलत हुने भन्दै स्वभाविक रुपमा जनमत एमाले–माओवादी केन्द्रको वाम गठबन्धनको पक्षमा आएकोले एमाले अध्यक्ष ओली नै प्रधानमन्त्री बन्ने दाबी गरे ।

उनले भने,‘वाम गठबन्धनबाट प्रधानमन्त्री को बन्छ ? भनेर प्रश्न गर्नु नै उचित छैन, ओली नै प्रधानमन्त्री हो, जनमतले त्यही भन्छ, उहाँको नेतृत्वमा माघ ७ गतेभित्रै नयाँ सरकार बन्छ।’

 

प्रकाशित मिति : ४ पुस २०७४, मंगलबार  ६ : ५६ बजे