२७ माघ २०८१, आइतबार | Mon Feb 10 2025

तामाङ सोसाइटी अमेरिका न्युयोर्क च्याप्टर अध्यक्षमा प्रेम थोकरको उम्मेद्वारी 


६ पुस २०७४, बिहिबार  

0
Shares

न्युयोर्क । तामाङ सोसाइटी अफ अमेरिकाको न्युयोर्क च्याप्टर गठन  डिसेम्बर २४ तारिखमा  हुने भएको छ । सोही च्याप्टर शाखाको अध्यक्ष पदका लागि प्रेम थोकरले उमेदवारी घोषणा गरेका छन् ।
वर्तमान कार्य समिति सदस्य समेत रहेका थोकरले एक पत्रकार सम्मेलन गरी उमेदवारी घोषणा गरेका हुन् । अमेरिकामा रहेका तामाङहरुलाई  एकिकृत गर्दै तामाङ समुदाहरुको भाषा, धर्म, संस्कृतिको जगेर्नाका लागि आफुले प्रभावकारी रुपमा काम गर्न उमेदवारी घोषणा गरेको थोकरको भनाइ छ ।
थोकरले, तामाङ साँस्कृतिक सेन्टरको भवन बनाउने अभियानलाई सहयोग जुटाउन मद्दत गर्ने, महिनाको २ दिन भाषा सम्बन्धी कक्षा सञ्चालन गर्ने र सोसाइटीले सञ्चालन गरिरहेको कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्दता व्यक्त गरेका छन् । सन् २००६ देखि निरन्तर रुपमा तामाङ सोसाइटी अफ अमेरिकासँग आवद्द भएर उनले तामाङ समुदायको हक हितका लागि काम गर्दै आएका छन् । थोकरले,  कल्चरल सेन्टर बनाउनका लागि सरोकारवाला पक्षहरुसँग आवश्यक सरसल्लाह र सुझाव लिएर, अमेरिकी गैरसरकारी संस्थाहरुसंग पनि सहयोग लिएर २०१८ भित्र आफनै कार्यालय भवन  खरिद गर्ने हरसम्मभव कोसिस गर्ने धारणा राखे ।
कार्यक्रममा शुभकामना मन्तव्य दिदै आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष लुईसाङ  वाइवाले अमेरिकामा तामाङहरु सांगठनिक हिसाबले निकै बलियो बन्दै गएको बताउँदै सहकार्य र सहमतिको आधारमा सर्वसम्मतिले नेतृत्व चयन हुनुपर्ने धारणा राखे ।
यस्तै, उत्तर अमेरिका तामाङ सम्मेलनका कन्भेनर तथा तामाङ सोसाइटी अफ अमेरिका टिएसएका अध्यक्ष शान्त थोकरले आगामी जनवरी १३ र १४ मा हुने लागेको ऐतिहासिक उत्तर अमेरिका तामाङ सम्मलेन भव्यताकासाथ सम्पन्न गर्ने तयारी भईरहेको जानकारी गराउँदै विभिन्न राज्यमा शाखा गठनको अन्तिम चरणमा रहेको उल्लेख गरे ।
यस्तै, सोसाइटीका संस्थापक अध्यक्ष सुवास लामा, पूर्व अध्यक्षद्वय इन्द्र तामाङ, भरत मोक्तान, महासचिव अमर तामाङ, पूर्व महासचिव तथा उत्तर अमेरिका तामाङ सम्मेलनका सदस्य सचिव लकेन लामाले अध्यक्षका प्रत्यासी थोकरलाई शुभकामना दिदैं सोसाइटीको नयाँ नेतृत्व चयन गर्दा आपसी सहमति र सहकार्यको आधारमा हुनुपर्ने जोड दिए ।

प्रकाशित मिति : ६ पुस २०७४, बिहिबार  १० : ३१ बजे