२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन्


२० माघ २०७४, शनिबार  

4
Shares

आङदावा शेर्पा

विश्वभरका बौद्ध धर्मावालम्बीहरुको निम्ति चारवटा महत्वपूर्ण तिर्थस्थानहरु शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको पबित्र जन्म स्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको पवित्रस्थल बोधगया, प्रथम पटक धर्मादेशना गरेको पवित्र स्थान सारनाथ र महापरिनिर्वाण भएको पवित्र स्थान कुशीनगर मध्ये सबभन्दा महत्वपूर्ण स्थान लुम्बिनी भएकोले बुद्धत्व प्राप्त गरेपछि शाक्यमुनि सिद्धार्थ गौतम बुद्धले स्वयमं लुम्बिनीको तीर्थयात्रा गर्नुभएको थियो ।

लेखक

शाक्यमुनि सिद्धार्थ गौतम बुद्धले अन्य स्थानहरु भन्दा आफू जन्मेको पवित्र स्थान महत्वपूर्ण भएको हुदा आफ्नो जीवनकालमा आफ्नो अनुयायीहरुलाई बुद्ध जन्मस्थल लुम्बिनीको तीर्थयात्रा गर्न उपदेश दिनु भएको थियो । उहाँले आफ्ना अनुयायीहरु जसले लुम्बिनीको तीर्थ यात्रा गर्नेछन् उनीहरुको भावी जीवनमा लाभ प्राप्त गर्नेछन् भन्नु भएको छ । भगवान बुद्धको महापरिनिर्वाणको करिब ३०० वर्ष पछि इसापूर्व तेस्रो शताब्दीमा मध्य भारतका सम्राट अशोकले बुद्ध जन्मस्थल लुम्बिनीको तीर्थ यात्रा गरी लुम्बिनीमा ढुंगाको स्तम्भ निर्माण गरेर भगवान शाक्यमुनि बुद्धको जन्म यही पवित्र स्थानमा भएको उल्लेख गरेपछि इशापूर्व तेस्रो शताब्दीदेखि भगवान बुद्धका अनुयायीहरु नेपालको लुम्बिनीमा रहेको बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्धमार्गी तथा शान्तिप्रिय मानिसहरुले तीर्थयात्रा गर्दै आएका छन् ।

नेपालको लुम्बिनी अञ्चल रुपन्देही जिल्लाको लुम्बिनीमा ईसापूर्व ६२३ वैशाख पूर्णिमाको दिन शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको जन्म भएको थियो । ईसा पूर्व २४९ मा भारतका सम्राट अशोकले राज्यभिषेकको बीसौ बर्षमा आफ्ना धर्मगुरु उपागुप्ता सहित शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको पवित्र जन्म स्थानको तीर्थयात्रा गरी सिद्धार्थ गौतम बुद्धको जन्म यहि पवित्र स्थलमा भएको भनि ढुङ्गाको स्तम्भ निर्माण गरेका थिए । शाक्यमुनि सिद्र्धाथ गौतम बुद्धको जन्म यहि भएको थियो भने सम्राट अशोकले बुद्धको जन्म स्थान लुम्बिनीमा निर्माण गरेको स्तम्भमा स्पष्ट रुपमा कुदिएको पाईन्छ । नेपालको लुम्बिनीमा भएको अशोक स्तम्भ शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको सबैभन्दा बलियो र अकाट्य प्रमाण हो ।

चौंथो शताब्दीमा चिनीमा तीर्थयात्र्रीहरु फा–म्यान र सातौ र शताब्दीमा हवैइ श्याङले बुद्धको पवित्र जन्मस्थान लुम्बिनीको तीर्थयात्रा गरेका थिए । १४औ शताब्दीमा जुम्लाको राजा रिपु मल्लले सिद्धार्थ गौतम बुद्धको पवित्र जन्मस्थान लुम्बिनीको तीर्थयात्रा गरेका थिए । सिद्धार्थ गौतम बुद्धको पवित्र जन्म स्थान लुम्बिनीमा सम्राट अशोकले निर्माण गरेको अशोक स्तम्भ १४ औ शताब्दी देखि १९ औ शताब्दीसम्म माटोमा पुरिएर रहेको थियो । सन् १८९६ डिसेम्बर १ तारिखका दिन जर्मन पुरातात्विक डा एलोसिस फहरर र खड्ग शम्शेरले अशोक स्तम्भ पुनः पत्ता लगाएपछि संसारभरि सिद्धार्थ गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएका प्रमाणित भएको हो । क्रमश:-

 

प्रकाशित मिति : २० माघ २०७४, शनिबार  ८ : ४७ बजे