२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

निर्माणाधिन गुम्बाको लागि अमेरिकाबाट सहयोग


१७ बैशाख २०७५, सोमबार  

0
Shares

एभरेष्ट टाईम्स् प्रतिनिधी / कास्की

अमेरिकाको कनेक्टीकट राज्य निवासी चुन्डि बल तामाङले पोखराको बैदाममा निर्माणाधिन गुम्बालाई नगद दुई लाख सहयोग गरेको छ । २५६२औ बुध्द जयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा उक्त सहयोग रकम हाल नेपाल भ्रमणमा रहेका तामाङ समाज उत्तर अमेरिका (तत्कालिन तामाङ समाज अमेरिका) का निवर्तमान महासचिव एवं तामाङ युवा घेदुङ, कास्कीका संस्थापक सचिव अमर तामाङले बैदाम तामाङ समाजका अध्यक्ष ज्याक तामाङलाई हस्तान्तरण गरे ।

उक्त कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अमर तामाङले निर्माणाधिन गुम्बाको निर्माण तिब्र गतीमा भैरहेको देखेर खुशी लागेको बताउँदै पर्यटकीय नगरी बैदाममा बन्ने गुम्बाले बुध्द धर्मलम्बीहरुलाई ध्यान तथा पूजाको लागि मात्र नभै बिदेशी पर्यटकहरुको लागि बुध्द मार्गको अध्ययन केन्द्र बन्न सक्ने बारे चर्चा गरेका थिए । कार्यक्रमका सभापती ज्याक तामाङले समाजको गुम्बा निर्माण प्रयासलाई सहयोग पुराउँने दाता चुन्डि बल तामाङको सहयोगको प्रशंसा गर्दै यस्तो सहयोगले समाजलाई अझ अघि बढ्न प्रोत्साहन मिलेको बताए ।

बैदाम तामाङ समाजको आयोजनामा भएको उक्त कार्यक्रममा लामा गुरुहरुद्वारा धार्मिक पूजा पाठ गरिएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७५, सोमबार  ११ : २२ बजे