अमेरिकामा बसोबास गदै आइरहेका पर्वतारोहीहरु र त्यस क्षेत्रमा लाग्दै आएका व्यक्तिहरुको साझा सस्था युएस नेपाल क्लाइबर्स एसोसियसनको तेस्रो अधिबेसन न्युयोर्कमा आइतबार सम्पन्न भयो । अन्तराष्ट्रिय पर्वतारोहण दिवसको अवसरमा आयोजित संघको अधिबेसनले पासाङ निमा शेर्पाको नेतृत्वमा १७ सदस्यी नया कार्यसमिति चयन गरेको छ ।
उक्त निर्वाचित नया कार्यसमितिको प्रथम उपध्याक्षमा मिङमार लामा, दितिय उपाध्याक्षमा पासाङ शेर्पा, महासचिवमा आङ दावा शेर्पा,सचिवमा पासाङ शेर्पा, कोषाध्याक्षमा ल्हाक्पा नुरु शेर्पा, सहकोषाध्याक्षमा लाक्पा गेलु शेर्पा चयन गरेका छन । त्यस्तै सदस्यहरुमा आङ काजी शेर्पा, ल्हाक्पा जी शेर्पा, दा वाङछु शेर्पा,काजी शेर्पा, दोमे शेर्पा, छुरिम शेर्पा, पासाङ शेर्पा , मिङमार टि शेर्पा, ङिमा ग्याल्जेन शेर्पा र दावा जाङबु शेर्पा चयन गरेका छन ।
संघको सस्थापक अध्यक्ष शेरब जाङ्बु शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शेर्पा किदुक अमेरिकाका अध्यक्ष छिरीङ शेर्पा, शेर्पा संघ अमेरिकाका अध्यक्ष आङ जाङ्बु शेर्पा, शेर्पा किदुक अमेरिका बोर्ड अफ ट्रस्टिका संयोजक पेम्बा ग्याल्जेन शेर्पा, शेर्पा किदुक अमेरिकाका प्रवक्ता पासाङ् जि शेर्पा, गुरुङ सोसाइटी अमेरिकाका निबर्तमान सदस्य तथा यु यस् नेपाल कलाइम्बर्स एस्सोसियसनका आजिबन सदस्य जीत गुरुङ, युएस नेपाल क्लाइबर्स एसोसियसनका पुर्व महासचिब लाक्पा नुरु शेर्पा र पुर्व महासचिव आङ ग्याल्जेन शेर्पाले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा संस्थाको महासचिब मिङ्मार लामाले विगत ३ बर्षमा गरेको कार्य प्रगति विवरण पेश गरेका थिए भने कोषाध्याक्ष लाक्पा गेलु शेर्पाले संस्थाको आम्दानी र खर्चको बारेमा आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा दोश्रो कार्यकालको नेतृत्व गर्न लागेका अध्यक्ष पासाङ निमा शेर्पाले संस्थाको बारेमा चर्चा गदै उपस्थित सहाभागीहरु र सस्थालाई अहिलेसम्म सहयोग गर्नेहरुलाई धन्यवाद दिएका थिए । अधिबेसनमा निर्विरोध निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई सस्थाको सस्थापक अध्यक्ष शेरव जाङ्बु शेर्पाले सपथ दिलाएका थिए । उक्त कार्यक्रम संस्थाका सचिब कर्ण बहादुर तामाङले सन्चालन गरेका थिए ।