न्युयोर्कको प्रतिष्ठित क्विन्स वर्ल्ड फिल्म फेस्टिभलमा दुई नेपाली चलचित्र छनौट, जुन २६ र २७ मा प्रिमियर गरिदैं

२०७८ असार ३, बिहीबार ००:३७

न्युयोर्क

दुई नेपाली चलचित्रहरु न्युयोर्कको प्रतिष्ठित क्विन्स वर्ल्ड फिल्म फेस्टिभलमा छनौट भएका छन् ।

इटालियन फिल्ममेकर सर्जियो बासोद्धारा निर्देशित सरिता, र अमेरिकन फिल्ममेकर इयान स्कटद्धारा निर्देशित बसन्जी, फेस्टिभलमा छनौट भएका हुन् ।

मिथिला शर्मा, सरिता गिरी लगायत कलाकारको अभिनय रहेको बसन्जी एक थ्रिलर चलचित्र हो भने सरिता चलचित्रमा नेपालमा रहेका भुटानी शरणार्थीको कथा समेटिएको छ जहा अधिकांश पात्रहरु भुटानी नै छन् ।

समिक्षकहरुले दुबै चलचित्रलाई निकै राम्रो प्रतिक्रिया दिएका निर्मताहरुले दाबी गरेका छन् । निर्मताका अनुसार बसन्जी चलचित्रलाई प्रमुख अवार्डको दाबेदारको रुपमा हेरिएको छ । दुबै चलचित्रहरु यहि जुन् २६ र २७ तारिखका दिन न्युयोर्कको क्विन्समा अवस्थित शेर्पा किदुगको हलमा देखाइंदै छ ।

फिल्म हेर्नका लागि आयोजकले फेस्टिभलको वेभसाइट www.queensworldfilmfestival.org मा टिकटको व्यवस्था गरेका छन् ।

सम्बन्धित समाचार