२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025

शेर्पा संघ अमेरिकाको महाधिबेसन अगष्ठमा


Ang

५ श्रावण २०७९, बिहिबार  

6
Shares

शेर्पा संघ अमेरिकाको तेस्रो महाधिबेसन आगामी अगस्ट २० तारिख शनिबारका दिन न्यूयोर्कमा हुने भएको जनाएको छ । संघको गत आइतबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको संघको अध्यक्ष आङ जाङबु शेर्पाले जनाएको छ । संघ अमेरिकामा फाइभवानसि फोरको मान्यता प्राप्त सामाजिक सस्था हो ।

संघले नेपालमा विभिन्न समयमा दैविप्रकोपमा परि दुख पाएको नेपालीहरुलाई मानवीय सहयोग गर्नुको साथै नेपाल शेर्पा संघ केन्द्रको विविध गतिविधिहरुमा हातेमालो गदै आएको छ । अमेरिकामा मुलधारको राजनितिमा लाग्ने युवाहरुलाई प्रोत्साहण दिदै आएको संघले पछिल्लो समय न्युयोर्कसिटिको विभिन्न तहको निर्वाचनमा महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।

संघले अधिबेशनको मिति तोकिएसंगै सदस्यता बितरण कार्य जुलाईको ३१ तारिखसम्मको खुल्ला गरेको जनाएको छ । महाधिबेसन र सदस्यता सम्बन्धी जानकारी चाहिएमा अध्यक्ष आङ जाङबु शेर्पा, बरिष्ठ उपाध्याक्ष एपि शेर्पा लामा र महासचिव दाजिमा शेर्पालाई सम्पर्क गर्न संघले अनुरोध गरेको जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  १० : ५२ बजे