काठमाडौं: काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्ला भरिको मात्र ‘ए’ डिभिजनको राष्ट्रिय क्लबहरुलाई प्रति क्लब ९ लाख ३० हजार डमि चेक साथै फुटबल र जर्सी समेत प्रदान गरेको छ।
सोमवार राजधानीको भृकुटी मण्डपस्थित राष्ट्रिय सभा गृहमा महानगर पालिकाका मेयर बिद्यासुन्दर शाक्यले ६ वटै क्लबहरुलाई डमी चेक सहित फुटबल र जर्सी हस्तान्तरण गरे।
खेलकुद सहयोग क्षेत्रको बिकासमा पुर्याउने मुख्य उद्देश्यले काठमाडौं महानगरपालिकाले ‘ए’ डिभिजनको नमुना मच्छिन्द्र फुटबल क्लब, संकटा फुटबल क्लब, एनआरएन फुटबल क्लब, सरस्वती फुटबल क्लब, मनाङ मर्स्याङदी फुटबल क्लब, हिमायल शेर्पा फुटबल क्लबलाई सहयोग गरेका हो ।
खेलकुद प्रयोजनको लागि मात्र खर्च गर्नु पर्ने, क्बले लगाउनु पर्ने जर्सीमा अनिवार्य महानगरपालिकाको लोगो हुनुपर्ने, राष्ट्रिय स्तरको खलमा प्रगति गर्नु पर्ने, खर्च गर्दा पारदर्शी तरिकामा गर्नु पर्ने लगायतको सम्झौंता महानगरपालिका र सबै क्लब बिच हस्तक्षर गरी केहि दिन थप एक मिटिङमा सम्पुर्ण क्लबलाई रकम हस्तान तर्ने कार्यक्रममा जानकारी दिए।
कार्यक्रममा हिमालय शेर्पा फुटबल क्लब तथा एन्फाको अध्यक्ष कर्माछिरिङ शेर्पाले महानगरपालिकाले एतिहासिक निर्णयको सुरुवात गरेको बताउँदै टुडिखेलमा समेत कल्बलाई स्थान उपलब्ध गर्ने निर्णय भएकोले नेपाली फुटबल खेल क्षेत्र अब तिब्र रुप लिने समेत प्रष्टपारे।
मेयर शाक्यले युवा देखि नै आफु पनि फुटबलमा रुचि राख्ने खेलाडि नै भएको कारण पनि यो प्रस्तावले आफ्नो मन छोएको र एकै पटकमा स्विकार गरेको प्रश्ट पारे।
अन्य खेलको भन्दा अन्तराष्ट्रिय क्षेत्रमा फुटबल व्यावसायिक रुपमा समेत चिनिसकेको ले यो खेलले सिंगो राष्ट्रको समेत नाम रोशन गर्ने खेल भएको भन्दै उनले सम्पुर्ण क्लबलाई आउदो दिनमा नेपालको फुटबल क्षेत्र अझै उचाइमा पुर्याउन शुभकामना समेत व्याक्त गरे।