१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

एल्महस्ट हस्पिटल कम्यूनीटि बोर्ड सल्लाहकारमा नेपाली मुलका बास्तोला नियुक्त


Ang

२३ आश्विन २०७५, मंगलबार  

0
Shares

न्युयोर्क निवासी न्यूयोर्क निवासी यादव बास्तोला एल्महस्ट हस्पिटलको कम्यूनीटि बोर्ड सल्लाहकारमा नियुक्त भएका छन् । बिगत पाच बर्षदेखी अमेरिकामा बस्दै आएका बास्तोला न्यूयोर्क कुईन्सस्थित एल्महस्ट हस्पिटलको कम्यूनीटि एण्डभाइजरी बोर्ड सदस्य नियुक्त भएका हुन । बास्तोलालाई स्वास्थ्य सम्वन्धी सरकारी निकाय न्यूर्योक हेल्थ एण्ड हस्पिटलले चार बर्षे कार्यवधिका लागि नियुक्त गरेको हो । नेपालको सुर्खेत बिद्यापुरमा जन्मेका बास्तोला बिगतका पााच बर्ष देखी अमेरिकी मुलधारको राजनीति र सामाजिक सेवामा समेत सकृय छन् ।

नेपालमा राष्ट् संघिय निकायमा १० बर्ष बिभिन्न पदमा रहि मानव अधिकार र शान्ति सुरक्षाको निकायमा काम गरेको अनुभव संगालेका बास्तोलाले स्विजरल्याण्डबाट अन्तराष्टि्य सम्वन्ध बिषयमा स्नातकोत्तर गरेका छन् । अंग्रजी भाषामा पोख्त बास्तोलाले अमेरिकामा नेपाली भाषा बिज्ञका रुपमा व्यवसायीक रुपमा काम गर्दै आएका छन् । बास्तोला अमेरिकामा नेपाली समुदायलाई मुलधारको राजनीतिमा ल्याउनका लागि पहल गर्ने मध्येका एक अभियान्तामा पर्दछन् ।

हस्पिटलको बोर्ड सल्लाहकारमा नियुक्त भएपछि संक्षिप्त प्रतिकृया दिदै बास्तोलाले भने, अब हामी अमेरिकाको हरेक क्षेत्रमा सक्रिय भएर लाग्नुपर्छ । नेपाली समुदायको प्रतिनिधित्व गर्दै आफु हस्पिटलको बोर्ड सदस्य नियुक्त भएको र नेपाली समुदायको हितका लागि आफुले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने अहिले एल्महस्ट हस्पिटलमा नेपाली भाषाको सुचना पाटी समेत राखिएको छ, अब मेरो कार्यकालमा नेपाली तथा एशियन कम्यूनीटिका लागि सहयोग पुग्ने सबै खाले सेवा सुविधा थप गर्न म पहल गर्छु । अमेरिकामा सरकारी अस्पतालहरुमा अस्पतालको व्यवस्थापन र सेवा सुविधा सबै कम्यूनीटि बोर्डको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने व्यवस्था छ । साथै बाषिर्क बजेटको कार्यन्वयन समेत यही बोर्डले गर्ने गर्दछ । यस अर्थमा समेत उनको नियुक्त नेपाली समुदायका लागि पनि एक सुखद खबर हो ।

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलबार  ११ : ५८ बजे