गायिका रेश्मा सुनुवार युवा पुस्ता माझ चर्चित गायिकाको रुपमा चिनिन्छ । सन १९९८ बाट गीत संगीत क्षेत्रमा सक्रिय रुपमा हुदै आएकी गायिका रेश्मा सुनुवारले अहिलेसम्म ५ वटा गीती संग्रह बजारमा ल्याउनुको साथै कलेक्सन, विभिन्न चलचित्र र भाषाभाषीको गीत समेत गरि अहिलेसम्म करिब डेट सय भन्द बढि गाइसकेकी छन । मै ठुली, क्यामिठो गीत गायो लाहुरे, जिम्काइदेउ परेली, कोही भन्छ माया, ठुङदे ठुङदे गीतहरु सवैले धेरै मन पराएका गीतहरु हुन । गायिका सुनुवारले युवाहरुको भावनालाई समेटेर बनाएको उल्लु उल्लु गीतको म्युजिक भिडियो बजार चर्चामा हुन थालेका छन । उनी विगत डेट बर्षदेखिन न्युयोर्कमा सपरिवार बसोबास गरिरहेकी छिन । रेश्मा सुनुवारको स्वर, शब्द तथा संगीत रहेको गीत ‘उल्लु उल्लु’ सार्वजनिक भएको छ । गीतको भिडियो विभोर पोखरेलले निर्देशन गरेका छन् । अनिल के मानन्धरको छायांकन रहेको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । अनुराग. स्वीकृति, स्मिता र देचन फिचार्ड गीतको कोरियोग्राफी अनुराग ठकुरीले गरेका छन् ।
१९ कार्तिक २०७५, सोमबार
0
Shares