एनआरएन अमेरिकाको सदस्य संख्या ९ हजार १ सय जति पुग्ने सदस्यता सुपरिवेक्षण समितिले जनाएको छ । एनआरएन अमेरिकामा सदस्यता दर्ताको अन्तिम दिन फेबररी १५ तारिख ११ बजेर ५९ मिनेट जादासम्म ८९२२ को नाम पैसा तिरिसकेको सुचीमा राखिएको त्यस मध्ये ४९८४ भेरिफाइड भइसकेको र बाकी फेबुररी २८ भित्रमा भेरिफाइड गरिने सदस्यता सुपरिवेक्षण समितिका संयोजक डा रुद्र अर्यालले बताए ।
उनका अनुसार सदस्यता दर्ता गरेर पनि शुल्क नबुझाउनेहरु १५ सय ८० जना रहेको छ । यो दुबै जोडदा १० हजार ५ सय २ जनाले सदस्यता दर्ता गरेपनि शुल्क नबुझाउनेहरुले आगामी निर्वाचनमा भाग लिने गरि सदस्यता पाउने छैन । यसको साथै पुराना आजीवन सदस्यहरुको प्रमाणीकरण प्रक्रिया सम्पन्न भएपछि उनीहरुको भेरिफाइड सदस्य संख्यामा समेत थपिने भएको छ । एनआरएन अमेरिकाको यस पटकको सदस्य भेरिफिकेसन समितिमा राम सुवेदी, पवन योन्जन, बाल जोशी र सुपरिवेक्षण समितिमा संयोजक डा रुद्र अर्याल, शैलेश श्रेष्ठ र प्रमोद सिटौला रहेका छन ।