१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रवासमा किन हुदैछ दुईतिर जागारण ?


Ang

२६ जेष्ठ २०७६, आइतबार  

0
Shares

प्रवासमा नेपाली कांग्रेस पाटीसग अवद्ध दुई समुहले जागारणको नाममा न्युयोर्कमा एकै दिन दुई स्थानमा कार्यक्रम गर्न लागेका छन । जन सम्पर्क समितिको नामबाट ओम सक्ती मन्दिरमा र तरुण दलले थकाली किचनमा जुनको १५ तारिख एकै समयमा जागरण कार्यक्रमको निम्तो पठाएको छ । प्रवासमा लामो समयदेखिन विभाजित कांग्रेस समर्थकहरु वीच गत एनआरएनएको निर्वाचनले एकताको सन्देश दिएपनि जागारणले पुनः विभाजित बनाएको छ ।


‘ कार्यकर्ता वीच पाटीको आन्तरिक संगठनलाई सुदृढीकरण गर्न र अहिलेको सरकारले प्रजातन्त्रमाथि गरेको अन्यायको विरुद्धमा नेपालमा हुन लागेको जागारण प्रवासमा पनि गर्न लागेको हो ‘ नेपाली कांग्रेसको आमन्त्रित केन्दि्रय सदस्य एवं जन सम्पर्क समितिका अध्यक्ष आनन्दा विष्टले भने-‘ प्रवासमा पाटी संगठनको हितमा जागारण गर्न लागेको हो तर केही व्यक्तिगत इगोको कारणले एकै ठाउमा हुन सकेन ‘ । उनका अनुसार जन सम्पर्क समितिको बैठकले च्याप्टरहरुमा कार्यक्रम गर्न कठिन हुने भएकोले वेष्टकोष्ट, इष्टकोष्ट र मिडवेष्टमा जागारण गर्न लागेको छ । ‘ पाटीको अंगको रुपमा जन सम्पर्क समिति भएकोले सबैलाई जागारण कार्यक्रममा आउन अपिल गर्न चाहान्छु ‘ । अध्यक्ष विष्टले अनुरोध गरेका छन । समितिको अधिबेसन समयमा हुन नसकेर पनि धेरै समास्या भोग्नु परेकोले हामीले केन्द्रलाई पनि धेरै अनुरोध गदै आएका छौ’ अध्यक्ष विष्टले बताए ।

‘ पाटीको विधान अनुरुप समितिको पदवधीभित्र अधिबेसन हुन नसकेको दुई बर्ष त्यतिकै गुजि्ररहेको जन सम्पर्क समितिनै नरहेको अवस्थामा प्रवासमा नेपाली कांग्रेसमा आस्था राख्ने एक मात्र संगठन तरुण दलको माध्यामबाट जागारण अभियान शुरु गरेको हो ‘ जन सम्पर्क समितिको पुर्व संयोजक विष्णु सुवेदीले भने-‘ पाटीको हालै बसेको महासमितिको बैठकले विदेशस्थित जन सम्पर्क समितिको हकमा स्थानिय मुलुकका विधानहरुमा रहेको परिधिभित्र अधिबेसन गर्न नसकेमा स्वत कमिटि विघटन हुने निर्णय गरेकोले समितिको बैधानिकता नभएकोले हामीले अर्को विकल्प खोजेका हौ’ । उनका अनुसार प्रवासमा पाटीको हितमा जुन १५ तारिख तरुणदल मार्फत न्युयोर्कमा र त्यसपछि जुलाई महिनाभित्रमा क्यालिफोर्निया, टेक्सास र सिकागोमा जागारण अभियान गर्ने योजना भएको छ ।

सुवेदीका अनुसार नेपाली कांग्रेसको भर्खरै सम्पन्न महासमितिको बैठकले विदेशस्थित जन सम्पर्क समितिको नाममा कुनै पनि भातृसंगठनको पदमा रहेको व्यक्ति पाटीको कुनै पनि तहमा नियुक्ती भएमा भातृसंगठनमा रहेको पद स्वत नरहने व्यवस्था गरेको छ । ‘ अमेरिकामा जागारण गर्नेनै हो भने आमन्त्रित केन्दि्रय सदस्यको नाताले आनन्दा विष्टले हामीलाई सम्पर्क गर्नु पर्ने हो तर गरेनन ‘ पुर्व संयोजक सुवेदीले भने-‘ समितिको पदावधि सकेपनि उहालाई हामी आमन्त्रित सदस्यको रुपमा मान्छौ तर पदावधि सकेर दुई वर्ष गुजि्रसकेकोले समितिको यहा कुनै मान्यता छैन ‘ । पुर्वसंयोजक सुवेदीले एनआरएनको निर्वाचनको बेला पाटी संगठनको हितमा आमन्त्रीत केन्दि्रत सदस्य विष्ट, समितिको पुर्व संगठन विभाग प्रमुख वेद खरेल, महाधिबेसन प्रतिनिधि प्रमोद सिटौला लगायतलाई पटक पटक बोलाएर एकता गरि साझा उम्मेद्धवर बनाउनमा पहल गरेका थिए ।

नेपालमा पाटी संगठन र प्रजातन्त्रमाथि आइपरेको अन्यायको विरुद्ध एक जुट हुनका लागी राष्ट्रिय जागरण हुनु राम्रो हो तर प्रवासमा जबसम्म एकता हुन सक्दैन केका लागी जागारण गर्न लागेको हो ? समितिको सल्लाहकार विद्या सागर योन्जनले भने-‘ कांग्रेृसको विधान अनुसार जन सम्पर्क समितिले समयमा अधिबेसन गर्न नसकेर हामीहरु निवर्तमान भइसकेको अवस्थामा सबै मिलेर एकताको लागी यस्तो जागारण गरेको भए राम्रो हुन्थ्यो विभाजित यो जागारणले के सन्देश दिन्छ ? ‘

‘ नेपाली कांग्रेसको मातृपाटी एकताको लागी जनजागारण ल्याउन खोजेको अवस्थामा पाटीको एकतालाई अवरोध ल्याउने कार्य पाटी अवद्ध कुनै पनि समुहले गर्नु हुदैन ‘ समितिको निवर्तमान सल्लाहकार तथा शिक्षक संघका पुर्व केन्दि्रय उपाध्याक्ष आङदावा शेर्पाले भने-‘ जागारण अभियान भनेकै एकता गराउने हो प्रवासमा विभाजन हुन दुख लाग्दो कुरा हो यसबारेमा पाटीले गम्भिर रुपमा ध्यान दिनु जरुरि छ ‘ ।

‘ संगठनलाई ध्वस्त गराउने, समयमा अधिबेसन नगराउने र आर्थिक अपचलनदेखि लिएर काण्डै कण्डामा मुछनेहरुलाई यतिखेर जागारण हुनुपर्ने जरुर देखिएको छ ‘  नेपाली कांग्रेसको महासमिति सदस्य एवं जन सम्पर्क समितिको संगठन विभाग प्रमुख वेद खरेलले भने-‘ पहिला हामी आफैमा जागारण हुनुपर्छ समितिले निकास पाउनु पर्छ त्यसपछि मात्रै जागारण जस्ता कार्यक्रम प्रभावकारी हुन्छ नत्र भने कार्यक्रम गरेर भाषाण गरेर दुइचार जना बटुलेर केही उपलब्धि हुदैन ‘।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७६, आइतबार  ११ : ४२ बजे